२९ मंसिर २०८२, सोमबार
15-12-2025 , Mon
×

सईसँग झगडा गरेर डीएसपी हेडक्वार्टर तानिए जिल्ला प्रहरी कार्यालय,डोल्पा नेतृत्व विहीन

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, बैशाख ३०, २०८२

डोल्पा । भौगोलिक दृष्टिमा देशको सबैभन्दा ठूलो जिल्ला हो । त्यहाँ जेठ ५ गतेदेखि यार्चागुम्बा संकलनका लागि सामुदायिक वन तथा राष्ट्रिय निकुञ्ज खुला हुँदैछ । यसक्रममा अनगिन्ती आपराधिक घटना हुने गारेका छन् । तर, जिल्ला प्रहरी नेतृत्वविहीन छ ।

प्रहरी प्रधान कार्यालयले वैशाख १० गते निकालेको सरुवाअनुसार डीएसपी डा। हेमबहादुर केसी त्यहाँ सरुवा भएका थिए । उनी १५ गते हाजिर भए । सात दिनपछि मुद्दा फाटमा कार्यरत रसाइली थरका सईसित उनको भनाभन चल्दा डीएसपी केसी हातपातमै उत्रिए

यो घटनाको छानबिनका निम्ति डीएसपी डा। केसी भोलिपल्टै प्रधान कार्यालय तानिए । त्यहाँको कमाण्ड इन्स्पेक्टर मनिष थापाले सम्हालिरहेका छन् ।

केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी रमेश थापाका अनुसार डीएसपी केसीमाथिको छानवीन जारी रहेका कारण उनी केही दिन प्रधान कार्यालयमै रहने छन् । प्रहरीस्रोतका अनुसार डोल्पामा प्रहरी प्रमुखको जिम्मेवारी डीएसपी केसीलाई नै दिने कि अरु कोही पठाउने भन्नेबारे आईजी दिपक थापाले निर्णय गर्ने छन् । उनी कोशी प्रदेशबाट मंगलबार राति मात्र फर्किने कारण बुधबार वा बिहीबार टुंगो लाग्ने छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

काठमाडौं । धेरै जसो नेपालीका छोराछोरी अमेरिका, अस्ट्रेलिया, क्यानडा,बेलायतलगायत विकसित मुलुकमा छन्। उनीहरु पढ्न अर्थात् अध्ययन भिसामा त्यता गएका हुन्। पढ्न भनेर गएपनि नेपाली विद्यार्थीहरु त्यहाँ काम गर्ने गर्छन्। तर, अहिले छोराछोरी विकसित मुलुकमा रहेका अभिभावकहरु भन्छन्, ‘त्यहाँको सरकारले काम गर्नै दिएको छैन रे। काम गर्न नपाएपछि पैसा हुँदैन। यताबाट पठाउन पनि पैसा छैन। कलेज […]

कपिलवस्तु । प्रहरी र प्रशासनका उच्च अधिकारीहरूसँग चिनजान रहेको भन्दै हिरासतमा रहेका व्यक्तिको मुद्दा मिलाइदिने प्रलोभन देखाई रकम ठगी गर्ने दुई जनालाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ। कुटपिट तथा ज्यान मार्ने उद्योग मुद्दामा थुनामा रहेका प्रलाहद केवटकी श्रीमतीसँग मुद्दा दर्ता गर्न नदिने र मिलाइदिने भन्दै १० हजार रुपैयाँ असुल्ने बुद्धभुमी नगरपालिका–१० का ५० वर्षीय अयोध्यालाल […]

error: Content is protected !!