२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

बुधबार तपाईंको राशिफल

Logo
Abc Sanchar प्रकाशित बुधबार, बैशाख ३१, २०८२

मेष -आज सामाजिक कार्यमा सहभागिता बढ्नेछ। राजनैतिक क्षेत्रमा सक्रियता देखिनेछ। आत्मविश्वास बढ्नेछ र नयाँ अवसरहरू प्राप्त हुनेछन्। सोचे अनुरुप काम बन्नाले मन प्रसन्न हुनेछ ।व्यवसायिक सफलता मिल्नेछ ।

वृष -बाणिमा मिठास वढ्नेछ।आत्मविश्वासमा वृद्धि हुनेछ। व्यवसायमा नाफा प्राप्त हुनेछ। शुभ समाचारहरू प्राप्त हुनेछन्। आर्थिक पक्ष सबल रहनेछ।

मिथुन -मूल्यवान वस्तुहरू प्राप्त हुने सम्भावना छ। बैंक ब्यालेन्समा वृद्धि हुनेछ। नयाँ सम्पर्कहरूबाट लाभ मिल्नेछ।स्वास्थ्यमा भने ख्याल राख्नु होला ।

कर्कट -शत्रुहरू परास्त हुनेछन्। हिम्मतले काम गर्दा व्यापार व्यवसायमा लाभ हुनेछ। विद्यार्थीहरूका लागि पठनपाठनमा मन लाग्नेछ।

सिंह -सरसहयोगको भावना विकाश हुनेछ।सामाजिक कार्यमा मन जानेछ ।पारिवारिक सदस्यहरूको स्वास्थ्यमा ध्यान दिनुहोस्। सामाजिक प्रतिष्ठा बढ्नेछ।

कन्या -स्पर्धात्मक क्षेत्रमा सफलता प्राप्त हुनेछ। अचानक नाफा प्राप्त हुने सम्भावना छ। कार्यक्षेत्रमा नयाँ अवसरहरू प्राप्त हुनेछन्।

तुला -मान-सम्मान प्राप्त हुनेछ। आर्थिक सुधार देखा पर्नेछ। सामाजिक प्रतिष्ठा बढ्नेछ। नयाँ सम्पर्कहरू लाभदायक हुनेछन्।

वृश्चिक -स्थिति मजबुत रहनेछ। वाणीमा संयम राख्नुहोस्। पारिवारिक सम्बन्धमा सुधार आउनेछ। आर्थिक पक्ष सबल रहनेछ।

धनु -खर्चमा नियन्त्रण राख्नुहोस्। बचतमा ध्यान दिनुहोस्। नयाँ योजना बनाउने समय अनुकूल छ। पारिवारिक सहयोग प्राप्त हुनेछ।

मकर -वाहन सम्बन्धी समस्याले खर्च बढ्न सक्छ। कार्यक्षेत्रमा सतर्क रहनुहोस्। स्वास्थ्यमा ध्यान दिनुहोस्। आर्थिक पक्षमा सुधार आउनेछ।

कुम्भ -व्यवसायमा प्रगति हुनेछ। आर्थिक स्थिति सुधार हुनेछ। सामाजिक प्रतिष्ठा बढ्नेछ। नयाँ सम्पर्कहरू लाभदायक हुनेछन्।

मीन -व्यवसायमा नाफा प्राप्त हुनेछ। यात्राबाट लाभ मिल्नेछ। मानसिक सन्तुलन कायम रहनेछ। पारिवारिक सम्बन्धमा सुधार आउनेछ।

माधवा शर्मा
ज्योतिषाचार्य तथा वास्तु विद्
9848060799

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]