१८ बैशाख २०८३, शुक्रबार
01-05-2026 , Fri
×

ईप्रका भालुवाङ प्रमुख पुस्करसिंह ऐरीको एक्सन राप्ती नदीबाट अवैध नदीजन्य उत्खन ९ वटा ट्याक्टर पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, बैशाख ३१, २०८२

दाङ । ईलाका प्रहरी कार्यालय भालुवाङ दाङले आज बिहान साढे ३ बजेको समयमाक्स राप्ती गाउँपालिका १ र गढवा गाउँपालिका १ स्थित राप्ती नदी किनाराबाट अवैध रूपमा मिस्कट बालुवा लोड गर्दै गरेका ९ वटा ट्याक्टरहरु सहित चालकलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी निरीक्षक पुस्करसिंह ऐरीको नेतृत्वमा खटेको टोलीले रातिको समयमा विशेष गस्ती गर्ने क्रममा ती ट्याक्टरहरूलाई नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएका ट्याक्टरहरूमा लु ३ त ६१६०, रा १ त २१२१, लु ४ त १२२५, रा १ त ५०५३, लु ४ त १६१०, रा १ त ३९०९, लु ३ त ३८७८, रा १ त ४१४० र ना ७ त ५६८७ नम्बरका ट्याक्टरहरु रहेका छन् ।

प्रहरीका अनुसार नियन्त्रणमा लिइएका ट्याक्टरहरू अवैध रूपमा बालुवा उत्खनन् र ढुवानीमा संलग्न रहेका थिए । चालकहरूलाई पक्राउ गरी आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । प्रहरीले यस्ता अनधिकृत गतिविधिले वातावरण, नदी प्रणाली तथा स्थानीय संरचनामा गम्भीर असर पार्ने भएकाले नियमित गस्ती र निगरानीलाई अझ कडाइका साथ अगाडि बढाइने बताएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अर्घाखाँचीका तत्कालीन डिएसपी दिवस जिसीमाथि तीन वर्षअघिको एउटा अनुसन्धानमा लापरबाही गरेको आरोपमा छानबिन शुरु भएको छ । २०८० साउन २६ गते भएको अर्घाखाँचीको भूमिकास्थान ७ का ४५ वर्षीय पदम केसीको मृत्यु प्रकरणमा लापरबाही भएको जनाउँदै जिसीमाथि छानबिन थालिएको हो । त्यतिबेला हातहतियार खरखजाना भवितव्यमा अनुसन्धान गरिएको उक्त मुद्दामा हालका अर्घाखाँची प्रहरी प्रमुख रहेका […]

काठमाडौं । राजु अर्याल सशस्त्र प्रहरी महानिरीक्षक पदबाट सेवानिवृत्त हुनुभएको हो। उहाँ २०८० वैशाख १ गतेदेखि सशस्त्र प्रहरीको ९औं आईजीपीको रूपमा कार्यरत हुनुहुन्थ्यो । – *नारायणदत्त पौडेल*: नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक हुनुहुन्छ। उहाँ सशस्त्रको १०औं आईजीपीको रूपमा नियुक्त हुनुभएको हो। – *विदाई कार्यक्रम*: आईजीपी पौडेलले अवकाशमा जान लाग्नुभएका पूर्व आईजीपी अर्याललाई मायाको चिनो प्रदान गरेर […]

सुर्खेत । सामाजिक संजाल मार्फत प्राप्त गुनासोलाई मध्यनजर गर्दै नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका कार्यालय प्रमुख प्रहरी उपरीक्षक एसपी मुकुन्द प्रसाद रिजालको निर्देशन अनुसार सडकमा सवारी साधनको अगाडी टिकटक बनाउने जिल्ला सल्यान बनगाड कुपिण्डे न.पा.११ बस्ने भावना पुन मगर र सवारी साधनको छतमा यात्रुहरुलाई सवार गराउने लु.प्र.०१-००१ख १०६४ नं.को फोर्स गाडीको […]

error: Content is protected !!