धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक डम्बर बहादुर बिकद्वारा सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलको कोत गारद, होजियारी, शैलुन, ब्यारेक भवन, मेस, खुद्रा क्यान्टिन, चमेना क्यान्टिन लगायत तालिम केन्द्र परिसर भित्र रहेका सम्पूर्ण भौतिक संरचनाहरु र कार्यरत प्रहरी कर्मचारी तथा विभिन्न तालिममा तालिमरत प्रशिक्षार्थीहरुको निरीक्षण गर्नु भई तालिम केन्द्रको वस्तु स्थितिको बारेमा जानकारी लिनुका साथै निर्देशन समेत दिनु भयो ।