१८ बैशाख २०८३, शुक्रबार
01-05-2026 , Fri
×

नागढुंगामा ट्राफिक इन्स्पेक्टरले कानुन हातमा लिएर प्रहरी जवानलाई कुटपिट गरेको भिडियो भाइरल

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, बैशाख ३१, २०८२

काठमाडौं । प्रहरीले घटनाको आन्तरिक छानबिन सुरु गरेको छ र भिडिओको मिति यकिन भइसकेको छैन।

प्रहरीका अनुसार, कुटपिटको कारण र घटना कहिलेको हो भन्नेबारे थप अनुसन्धान भइरहेको छ।

काठमाडौं ट्राफिक प्रहरीका इन्स्पेक्टरबाट जनपद प्रहरीका एक प्रहरी जवान कुटिएका छन् ।

काठमाडौंको नागढुंगामा ट्राफिकका एक इन्स्पेक्टरले प्रहरी जवानलाई गालामा चड्कन हानेको भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएको छ ।

भिडिओ सार्वजनिक भएपछि प्रहरीले आन्तरिक रुपपमा छानबिन अघि बढाएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका एसएसपी विनोद घिमिरेले घटनाबारे बुझ्ने काम भइरहेको बताए ।

‘भिडिओमा देखिएका इन्स्पेक्टरलाई कार्यालयमा बोलाएका छौं । सोधपुछ गरेपछि मात्रै किन कुटपिट भएको हो भन्ने खुला,’ एसएसपी घिमिरेले भने । गल्ती नै गरेको भए पनि कारबाही गर्ने छुट्टै प्रक्रिया भए पनि सडकमै हात हाल्नु राम्रो नभएको उनले बताए ।

भिडिओ कहिलेको हो भन्ने पनि यकिन हुन बाँकी नै रहेको छ । कुट्ने र कुटाइ खाने दुवै प्रहरी अहिले पनि नागढुंगामै रहेकाले हालसालैको जस्तो देखिए पनि कहिलेको भिडिओ हो भन्ने यकिन हुन बाँकी नै रहेको प्रहरीको भनाइ छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अर्घाखाँचीका तत्कालीन डिएसपी दिवस जिसीमाथि तीन वर्षअघिको एउटा अनुसन्धानमा लापरबाही गरेको आरोपमा छानबिन शुरु भएको छ । २०८० साउन २६ गते भएको अर्घाखाँचीको भूमिकास्थान ७ का ४५ वर्षीय पदम केसीको मृत्यु प्रकरणमा लापरबाही भएको जनाउँदै जिसीमाथि छानबिन थालिएको हो । त्यतिबेला हातहतियार खरखजाना भवितव्यमा अनुसन्धान गरिएको उक्त मुद्दामा हालका अर्घाखाँची प्रहरी प्रमुख रहेका […]

काठमाडौं । राजु अर्याल सशस्त्र प्रहरी महानिरीक्षक पदबाट सेवानिवृत्त हुनुभएको हो। उहाँ २०८० वैशाख १ गतेदेखि सशस्त्र प्रहरीको ९औं आईजीपीको रूपमा कार्यरत हुनुहुन्थ्यो । – *नारायणदत्त पौडेल*: नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक हुनुहुन्छ। उहाँ सशस्त्रको १०औं आईजीपीको रूपमा नियुक्त हुनुभएको हो। – *विदाई कार्यक्रम*: आईजीपी पौडेलले अवकाशमा जान लाग्नुभएका पूर्व आईजीपी अर्याललाई मायाको चिनो प्रदान गरेर […]

सुर्खेत । सामाजिक संजाल मार्फत प्राप्त गुनासोलाई मध्यनजर गर्दै नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका कार्यालय प्रमुख प्रहरी उपरीक्षक एसपी मुकुन्द प्रसाद रिजालको निर्देशन अनुसार सडकमा सवारी साधनको अगाडी टिकटक बनाउने जिल्ला सल्यान बनगाड कुपिण्डे न.पा.११ बस्ने भावना पुन मगर र सवारी साधनको छतमा यात्रुहरुलाई सवार गराउने लु.प्र.०१-००१ख १०६४ नं.को फोर्स गाडीको […]

error: Content is protected !!