१८ बैशाख २०८३, शुक्रबार
01-05-2026 , Fri
×

६ बर्षसम्म पनि बनेन दाङको कालाकाटे गढवा हुलाकी राजमार्ग सडक अलपत्रः ठेकदार बेपत्ता

Logo
चुमा आचार्य प्रकाशित बिहिबार, जेठ ०१, २०८२

दाङ । कालाकाटे ६५ करोडको लागतमा २०७६ कार्तिक २९ गते बज्रगुरू कान्छाराम जेभीसँग हुलाकी राजमार्ग आयोजना कार्यालयले दाङको कालाकाटेको बनघुस्रीदेखि गढवासम्मको २० किलोमिटर सडक कालोपत्रे गर्न ठेक्का सम्झौता गरेको थियो । तर सम्झौता भएको छ वर्ष बितिसक्दा समेत ९ किलोमिटर सडक पनि कालोपत्रे हुन सकेको छैन ।

निर्धारित समयमै काम सम्पन्न नभएपछि २०७९ मंसिरदेखि पटक पटक म्याद थप्दै २०८० साउन १० गतेसम्म समय दिइएको थियो । त्यसपछिको म्यादमा पनि प्रगति नदेखिएपछि पुनः २०८० मंसिर २२ गतेदेखि काम सुरु गरिएको जस्तोम देखाए पनि काम ठप्प भएको स्थानीयको गुनासो छ । हाल धैरेनीदेखि गढवासम्म कुनै काम नभएको र धैरेनीदेखि पूर्वतर्फका केही खण्डमा मात्र आंशिक काम भएको उनीहरू बताउँछन् ।

हुलाकी राजमार्ग आयोजना कार्यालय नेपालगञ्जका प्रमुख लिला बहादुर भण्डारीका अनुसार निर्माण कम्पनीले पटक–पटक काम सुरु गर्ने भन्दै ढाटमात्र दिएको बताए । उनले पहुँचकै आधारमा निवर्तमान मन्त्री कान्छुराम तामाङ र ‘घोराहीकै चर्चित ठेकेदार लक्ष्मण रानाले काम नगरी सडक निर्माण नगरी सम्पर्कमै नाअएको, साइटमा जिम्मेवार कोही नभएकोकारण काम नभएको प्रमुख भण्डारीले बताए ।

उनले काम नगरेपछि ठेक्का रद्द गर्न नेपाल सरकार अन्तर्गत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभागमा पत्राचार गरेको लामो समय भए पनि पहुँच भएकै कारण ठेक्का रद्द नभएको बताए । उनले ५ बर्षमा ९ किलोमीटर अर्थात ४० प्रतिशत मात्रै कालोपत्रे भएकोले ४० प्रतिशत भुक्तानी भएको बताए । भुक्तानी त दिइयो तरअरू काम भएन ।’
उनका अनुसार निर्माण कम्पनीले काम नगरेपछि कार्यालयले ठेक्का तोड्ने प्रक्रियामा प्रवेश गरिसके पनि हालसम्म ठेक्का अन्यौल देखिएको छ ।

सडक निर्माणको अवलोकन गर्दा साइटमा आवश्यक उपकरणसमेत नभेटिएकोले ठेक्का तोड्न बिभागमा पत्राचार गरेको भण्डारीले जानकारी दिए । यता, गढवा गाउँपालिका अध्यक्ष यमनारायण पोख्रेलले पनि ठेक्का तोडेर नयाँ प्रक्रिया सुरु गर्नुपर्नेमा जोड दिएका छन् । ‘काम गरेजस्तो गर्ने तर नगर्ने कम्पनीले जनतालाई धेरै दुःख दिएको छ,’ उनले भने, ‘अब त्यो सह्य हुँदैन। ठेक्का तोडेर नयाँ प्रक्रिया थालिनुपर्छ ।’ कालाकाटे–गढवा हुँदै सिक्टासम्मको सडकलाई वैकल्पिक राजमार्गको रूपमा निर्माण गर्ने उद्देश्य राखिएको भए पनि वर्षौंसम्म काम अलपत्र हुँदा स्थानीयवासीले दैनिक सास्ती भोग्नुपरेको बताएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अर्घाखाँचीका तत्कालीन डिएसपी दिवस जिसीमाथि तीन वर्षअघिको एउटा अनुसन्धानमा लापरबाही गरेको आरोपमा छानबिन शुरु भएको छ । २०८० साउन २६ गते भएको अर्घाखाँचीको भूमिकास्थान ७ का ४५ वर्षीय पदम केसीको मृत्यु प्रकरणमा लापरबाही भएको जनाउँदै जिसीमाथि छानबिन थालिएको हो । त्यतिबेला हातहतियार खरखजाना भवितव्यमा अनुसन्धान गरिएको उक्त मुद्दामा हालका अर्घाखाँची प्रहरी प्रमुख रहेका […]

काठमाडौं । राजु अर्याल सशस्त्र प्रहरी महानिरीक्षक पदबाट सेवानिवृत्त हुनुभएको हो। उहाँ २०८० वैशाख १ गतेदेखि सशस्त्र प्रहरीको ९औं आईजीपीको रूपमा कार्यरत हुनुहुन्थ्यो । – *नारायणदत्त पौडेल*: नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक हुनुहुन्छ। उहाँ सशस्त्रको १०औं आईजीपीको रूपमा नियुक्त हुनुभएको हो। – *विदाई कार्यक्रम*: आईजीपी पौडेलले अवकाशमा जान लाग्नुभएका पूर्व आईजीपी अर्याललाई मायाको चिनो प्रदान गरेर […]

सुर्खेत । सामाजिक संजाल मार्फत प्राप्त गुनासोलाई मध्यनजर गर्दै नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका कार्यालय प्रमुख प्रहरी उपरीक्षक एसपी मुकुन्द प्रसाद रिजालको निर्देशन अनुसार सडकमा सवारी साधनको अगाडी टिकटक बनाउने जिल्ला सल्यान बनगाड कुपिण्डे न.पा.११ बस्ने भावना पुन मगर र सवारी साधनको छतमा यात्रुहरुलाई सवार गराउने लु.प्र.०१-००१ख १०६४ नं.को फोर्स गाडीको […]

error: Content is protected !!