१८ बैशाख २०८३, शुक्रबार
01-05-2026 , Fri
×

नागढुंगामा इन्स्पेक्टरले डिउटीमै रहेका प्रहरी जवानमाथि कुटपिट घटना अनुसन्धान गर्न छानबिन समिति गठन,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, जेठ ०१, २०८२

काठमाडौं । उपत्यका प्रहरी कार्यालय रानीपोखरीले रानीपोखरीमै कार्यरत प्रहरी उपरीक्षक एसपी पदमबहादुर विष्टको नेतृत्वमा छानबिन समिति गठन गरेको हो।

समितिमा ट्राफिक प्रहरी कार्यालय रामशाहपथका डीएसपी र जिल्ला प्रहरी परिसर काठमाडौंका एकजना निरीक्षकसहित पाँचजना छन्। समितिलाई छानबिनका लागि एक हप्ताको समयावधि दिइएको छ।

बुधबार दिउँसो ट्राफिक प्रहरी प्रभाग नागढुंगाका प्रमुख निरीक्षक जितेन्द्रकुमार साहले प्रहरी प्रभाग नागढुंगामै कार्यरत प्रहरी जवान मदन खड्कामाथि कुटपिट (गालामा चड्कन हानेको) गरेका थिए।

उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि निरीक्षक साहको जिम्मेवारी खोसिएको छ। समितिको छानबिनका आधारमा उनीहरूमाथि विभागीय कारबाही हुने रानीपोखरी प्रहरी कार्यालयले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अर्घाखाँचीका तत्कालीन डिएसपी दिवस जिसीमाथि तीन वर्षअघिको एउटा अनुसन्धानमा लापरबाही गरेको आरोपमा छानबिन शुरु भएको छ । २०८० साउन २६ गते भएको अर्घाखाँचीको भूमिकास्थान ७ का ४५ वर्षीय पदम केसीको मृत्यु प्रकरणमा लापरबाही भएको जनाउँदै जिसीमाथि छानबिन थालिएको हो । त्यतिबेला हातहतियार खरखजाना भवितव्यमा अनुसन्धान गरिएको उक्त मुद्दामा हालका अर्घाखाँची प्रहरी प्रमुख रहेका […]

काठमाडौं । राजु अर्याल सशस्त्र प्रहरी महानिरीक्षक पदबाट सेवानिवृत्त हुनुभएको हो। उहाँ २०८० वैशाख १ गतेदेखि सशस्त्र प्रहरीको ९औं आईजीपीको रूपमा कार्यरत हुनुहुन्थ्यो । – *नारायणदत्त पौडेल*: नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक हुनुहुन्छ। उहाँ सशस्त्रको १०औं आईजीपीको रूपमा नियुक्त हुनुभएको हो। – *विदाई कार्यक्रम*: आईजीपी पौडेलले अवकाशमा जान लाग्नुभएका पूर्व आईजीपी अर्याललाई मायाको चिनो प्रदान गरेर […]

सुर्खेत । सामाजिक संजाल मार्फत प्राप्त गुनासोलाई मध्यनजर गर्दै नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका कार्यालय प्रमुख प्रहरी उपरीक्षक एसपी मुकुन्द प्रसाद रिजालको निर्देशन अनुसार सडकमा सवारी साधनको अगाडी टिकटक बनाउने जिल्ला सल्यान बनगाड कुपिण्डे न.पा.११ बस्ने भावना पुन मगर र सवारी साधनको छतमा यात्रुहरुलाई सवार गराउने लु.प्र.०१-००१ख १०६४ नं.को फोर्स गाडीको […]

error: Content is protected !!