२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

दाङ प्रहरीमा एक महिनामा ७६ वटा मुद्दा दर्ता,लागूऔषधका मात्रै ८ वटा मुद्धा

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, जेठ ०२, २०८२

दाङ । घोराही जिल्ला प्रहरी कार्यालय दाङमा एक महिनाको अवधिमा ७६ वटा मुद्दा दर्ता भएका छन् । वैशाख महिनामा मात्रै यो सङ्ख्यामा मुद्दा दर्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालय दाङले बिहिबार पत्रकार सम्मेलनको आयोजना गरी मासिक प्रगति विवरण र चालु आर्थिक वर्षको हालसम्म भएका अवस्थाबारे जानकारी दिएको हो ।

प्रहरीका अनुसार गत वैशाख महिनामा दाङमा कुल ७६ वटा घटना दर्ता भएकोमा २६ वटा फस्र्योट भएका छन् । मुद्दा दर्ता भएका घटनामध्ये ५० वटा प्रक्रियामा रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक चत्रबहादुर शाहले बताए । ती घटनामा संलग्न ५० जना पक्राउ परेका छन् भने नौ जना फरार रहेका छन् ।

उनीहरूको खोजी कार्य भइरहेको बताउँदै प्रहरी नायव उपरीक्षक शाहले वैशाखमा आत्महत्याका सबैभन्दा धेरै घटना भएको बताए । आत्महत्याका २१ वटा, लागूऔषधका आठवटा घटना अभिलेख भएका छन् । यसैगरी विभिन्न प्रकृतिका घटना पनि समाज बढ्दै गएकोप्रति चिन्ता र चासो व्यक्त गर्दै समाजमा शान्ति सुरक्षा र अमनचयन कायम राख्न प्रहरी एक्लैको प्रयासले नपुग्ने भन्दै हरेक नागरिक जिम्मेवार र सचेत बन्न आवश्यक रहेको उनले बताए ।

समुदायमा बढ्दो आत्महत्या, लागूऔषध दुव्र्यसन र सवारी दुर्घटना रोकथामका लागि सबैको हातेमालोसँगै घरपरिवारमा सचेतना फैलाउन ढिलाइ गर्न नहुने जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अर्जुनप्रसाद तिमिल्सिनाले बताए । समुदायमा बढ्दो लागूऔषध दुव्र्यसन, अपराधका घटना रोक्न समुदाय प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्दै आएको प्रमुख प्रहरी उपरीक्षक तिमिल्सिनाले बताए ।

यसैगरी प्रहरी–नागरिक सुनुवाइ कार्यक्रमलाई निरन्तरता दिएको तथा सचेतनामूलक गीतका माध्यमबाट समुदायस्तरमा पुग्ने काम गरिरहेको उनले बताए । समुदायमा हुन सक्ने अवान्छित गतिविधि रोक्न प्रहरीले चौबिसै घण्टा सुरक्षार्थ तैनाथ रहेको उनले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]