२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

बिना सूचना किन झ्याप झ्याप गइरहेको छ बिजुली ? जनताहरुलाई सास्ती माथि सास्ती

Logo
ABC (भन्डाफोर) प्रकाशित शुक्रबार, जेठ ०२, २०८२

 

काठमाडौं । पटक-पटक बिजुली गएर आजित भएपछि सर्वसाधारणले सामाजिक सञ्जालमा असन्तुष्टि पोखेका छन्। कतै पुरानै लोडसेडिङका दिन फर्किने त होइन भन्दै सर्वसाधारणले सामाजिक सञ्जालमा आक्रोश पोखेका हुन्।

पछिल्ला दिनमा यसअघि लामो समयसम्म बिजुली नगएको उनीहरूको तर्क छ। तर, आज घन्टौंसम्म बिजुली गएपछि चिन्तित बनाएको उनीहरूको भनाइ छ।

नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजा भाइ सिल्पाकारले भारतमा समस्या हुँदा नेपालमा बिजुली गएको बताए। उनले भारतमा देखिएको समस्याले ढल्केबरस्थित सिस्टममा खराबी आएको बताए।

‘हाम्रो सिस्टम गएर धेरै ठाउँमा बिजुली गएको हो। अहिले सिस्टम रिस्टोर भइसकेको छ। बिजुली पनि आइसकेको होला,’ उनले भने।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]