२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

सुर्खेत जिल्लाका एसपी र डिएसपी मातहत प्रहरी युनिटहरु ईप्रका प्रहरीचौकीहरुको निरीक्षण तथा निर्देशन

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, जेठ ०३, २०८२

विरेन्द्रनगर । सुर्खेत जिल्ला प्रहरी कार्यालय वीरेन्द्रनगर सुर्खेतका प्रहरी उपरीक्षक एसपी सुधिर राज शाही ऐ.ऐ.कार्यालयका प्रहरी नायव उपरीक्षक सुर्खेत प्रहरीका प्रबक्ता डिएसपी मोहनजंग बुढथापा कार्यालय तथा मातहत प्रहरी युनिटहरु इ.प्र.का.गुटु, प्र.चौ.बिद्यापुर, प्र.चौ.बिजौरा, प्र.चौ.सालकोट, प्रहरी चौकी बड्डीचौर, अ.प्र.पोष्ट लगाम, अ.प्र.पोष्ट घाटगाउ, अ.प्र.पोष्ट तातापानीमा पाल्नु भई कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुको व्यक्तिगत टर्नआउट, क्वाटर गार्ड, हिरासत कक्ष लगायत सम्पूर्ण शाखाहरुको निरीक्षण तथा अनुगमन गरी आवश्यक विभागिय निति निर्देशनको पूर्ण रुपमा पालना गर्न, प्रहरी आचारण, व्यवहारमा सुधार, अभिलेख व्यवस्थापन, भरपर्दो शान्ति सुव्यवस्था कायम गरी उपलब्धी मुलक प्रहरी काम कारवाही गर्ने सम्बन्धमा महत्वपूर्ण निर्देशन समेत दिनु भएको।
साथै स्थानिय जनप्रतिनिधि,भद्रभलादमी, बुद्धिजिवि, बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु समेतको सहभागितामा परिचयात्मक तथा अन्तरक्रियात्मक कार्यक्रम समेत भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अण्डाको माग बढेपछि व्यवसायीले समर्थन मूल्य बढाएका छन् । नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार एक्सएल अण्डा प्रतिक्रेट (३० वटाको) रु ५६०, ठूलो अण्डा रु ५४५, मिडियम रु ५०० र सानो रु तीन हजार प्रतिपेटी (सात क्रेट) समर्थन मूल्य कायम गरिएको हो । […]

एजेन्सी । उत्तरी फिलिपिन्सको बागुयो शहरमा भीषण पहिरो जाँदा चार जनाको मृत्यु भएको छ भने अन्य ६ जना अझै बेपत्ता भएका छन् । आइतबार साँझ गएको सो पहिरोले तीन वटा घर पुरेको स्थानीय सञ्चारमाध्यमले सोमवार जानकारी दिएका छन् । प्रहरीकाअनुसार बागुयो शहरको गुइसाड सुरोङस्थित रिभरसाइड क्षेत्रमा स्थानीय समयअनुसार आइतबार राति करिव ७ बजे पहिरो खसेको […]

दाङ । सामाजिक रूपान्तरण, आत्मनिर्भरता, स्वाभिमान तथा समृद्ध समाज निर्माण गर्ने उद्देश्यसहित साथी सामाजिक सञ्जाल र घोराही बनाऔँ अभियानबीच पाँचबुँदे सहमति भएको छ। सामाजिक तथा आर्थिक क्षेत्रमा नागरिकको सहभागिता बढाउँदै जनजीवनसँग प्रत्यक्ष जोडिएका विषयमा संयुक्त रूपमा काम गर्ने उद्देश्यले सहमति गरिएको हो। सहमति-पत्रमा साथी सामाजिक सञ्जालका मित्रलाल पार्दे र घोराही बनाऔँ अभियानका सबिन प्रियासनले हस्ताक्षर […]