२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

रातिसम्म महोत्सव सञ्चालन गरेपछि डीएसपी शुभद्रा वाइबा स्टेजमा पुगेर कार्यक्रम रोकेको हुन्

Logo
Abc Sanchar प्रकाशित आइतबार, जेठ ०४, २०८२

बारा । बारामा जारी जितपुर-सिमरा व्यापार तथा सांस्कृतिक महोत्सव तोकिएको समयभन्दा ढिलासम्म सञ्चालन भएपछि प्रहरीले हस्तक्षेप गरेको छ ।

रातको समयमा शान्ति सुरक्षामा चुनौती हुने भन्दै प्रहरीले रातिको महोत्सव बन्द गराएको हो । प्रशासनले बिहान १० देखि साँझ ६ बजेसम्म अनुमति दिए पनि आयोजकले राति ९ बजेसम्म टिकट बेचेका थिए ।

आयोजकले अटेरी गरेर शनिबार रातिसम्म महोत्सव सञ्चालन गरेपछि डीएसपी शुभद्रा वाइबा आफैं स्टेजमा पुगेर महोत्सवको सांस्कृतिक कार्यक्रम रोकिदिइन् ।

भोजपुरी गायक सुनील पण्डित आफ्नो प्रस्तुति दिइरहेकै बेला डिएसपी वाइबाले स्टेजमा चढेर माइक नियन्त्रणमा लिइन् र माइकको लाइन पनि झिकिदिइन् ।

अनुमति पाएको समयभन्दा धेरै पछि (रातिमा) टिकट बिक्री भइरहेकोले महोत्सवको कार्यक्रम रोकेको डीएसपी वाइबाले बताइन् ।

आयोजकले भने एक घण्टा थप अनुमति मागेर साँझ ७ बजेसम्म कार्यक्रम सञ्चालन गरेको दाबी गरेका छन् । तर, ९ बजेपछि पनि टिकट बिक्री रोकिएको थिएन, जसले भिडभाड र झगडाको सम्भावना बढेपछि रोकिएको डीएसपी वाइबाको भनाइ छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]