१८ बैशाख २०८३, शुक्रबार
01-05-2026 , Fri
×

उच्च अदालत पोखराले रवि लामिछाने विरुद्धको सहकारी ठगी मुद्दामा मिसिल प्रमाण झिकाउन आदेश,

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, जेठ ०४, २०८२

काठमाडौं । मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द र न्यायाधीश मिलनकुमार राईको इजलासले आइतबार कास्की जिल्ला अदालतमा पेश भएको मिसिल झिकाउने आदेश जारी गरेको हो । शुक्रबार रवि लामिछानेका कानुन व्यवसायीहरूले आफूहरूलाई थाहै नदिई सुनुवाइ अघि बढाएको भन्दै इजलासमा आपत्ति जनाएका थिए । त्यसपछि इजलासले आइतबारका लागि निवेदनहरूलाई हेर्दाहेदैमा राख्ने आदेश गरेको हो ।

कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासले २५ पुसमा लामिछानेलाई ६५ लाख धरौटी लिई तारेखमा छाड्न आदेश दिएको थियो । सो आदेश खारेजको माग गर्दै मुद्दाका दुवै पक्षले उच्च अदालत पोखरामा पुनरावेदन दिएको थियो । रवि लामिछानेले आफू सामान्य तारिखमा रिहा हुनुपर्ने माग गरेका थिए भने सरकारी वकिलले उनलाई थुनामै राख्नुपर्ने माग गरेका छन् । दुवै निवेदनमाथि बिहीबारबाट सुनुवाइ सुरु भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । सामाजिक संजाल मार्फत प्राप्त गुनासोलाई मध्यनजर गर्दै नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका कार्यालय प्रमुख प्रहरी उपरीक्षक एसपी मुकुन्द प्रसाद रिजालको निर्देशन अनुसार सडकमा सवारी साधनको अगाडी टिकटक बनाउने जिल्ला सल्यान बनगाड कुपिण्डे न.पा.११ बस्ने भावना पुन मगर र सवारी साधनको छतमा यात्रुहरुलाई सवार गराउने लु.प्र.०१-००१ख १०६४ नं.को फोर्स गाडीको […]

काठमाडौं । नेपाल सरकारले डोजर चलाएर भत्काएको थापाथालीस्थित सुकुम्बासी बस्तीमा बस्दै आएका उनले शुक्रबार बागमती नदीमा हाम फालेर आत्महत्या गरेका हुन्। प्रहरीका अनुसार उनको पहिचान खुलिसकेको छैन। प्रहरीले शव बागमतीबाट बाहिर निकालेको छ। सामान सार्दै गरेका उनले अचानक बागमतीमा हाम फालेका थिए। यसअघि पनि थापाथली सुकुम्बासी बस्तीका एक १७ वर्षीय किशोरले आत्महत्या गरेका थिए।

दाङ । तुल्सीपुर जिरी नगरपालिका वडा नम्बर १ दोलखा बस्ने बिजुली खड्काका छोरा वर्ष२६का शुरेश खड्का हाल रोमानिया मा काम गर्दै आएको खड्काले नेपालीहरूलाई आफुले काम गर्ने कम्पनीमा काम धेरै राम्रो छ काम लगाइ दिन्छु भनेर दाङ जिल्लाबाट कृष्ण बि.क रु 240000 बुदि सुनार रु 240000 एकजना महिला बाट रु 240000 जम्मा रु 720000 ठगी […]

error: Content is protected !!