१८ बैशाख २०८३, शुक्रबार
01-05-2026 , Fri
×

सिरहा प्रहरीले खैरो हिरोइन कारोबारी दाजुबहिनी पक्राउ, साथमा ५५ लाख रुपैयाँ समेत भेटियो,

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, जेठ ०४, २०८२

 

काठमाडौं । सिरहा प्रहरीले लागूऔषध खैरो हिरोइन कारोबार गर्ने दाजुबहिनीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लहान नगरपालिका-२२ बस्ने अन्दाजी ३२ वर्षका दिनेश कुमार यादव र उनकी बहिनी अन्दाजी वर्ष २६ की किरण कुमारी यादव रहेकी छन् ।

पक्राउ परेका उनीहरुलाई सिरहा प्रहरीले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

पक्राउ परेका उनीहरुको साथबाट २०८.९० ग्राम खैरो हेरोइन बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी एवंम् प्रहरी नायब उपरीक्षक (डिएसपी) विरेन्द्र कुमार पासवानले जानकारी दिए । त्यस्तै ५४ लाख ६५ हजार ७३५ रुपैयाँ नेपाली, ३५ हजार ७८० रुपैयाँ भारु, ६ थान मोबाइल र डिजिटल तराजुसमेत बरामद भएको डिएसपी पासवानले बताए ।

गोप्य सूचनाको आधारमा लहान नगरपालिका-१२ भोटिया टोलबाट उनीहरुलाई नियन्त्रणमा लिइएको डिएसपी पासवानले बताए । उनीहरुलाई भोटिया चौकी, जिल्ला प्रहरी कार्यालय र लागूऔषध नियन्त्रण ब्यूरो गोलबजारको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो ।

२ गते साँझ ७ बजेको समयतिर को ५ प ६९२७ नम्बरको पल्सर मोटरसाइकलमा हिँडिरहेको अवस्थामा शंका लागि चेकजाँच तथा सोधपुछ गर्ने क्रममा खानतलासी गर्दा निजहरुको शरीरबाट सेतो प्लाष्टिकसहित खैरो हिरोइन २२.९० ग्राम र प्लाष्टिकबिना २१ ग्राम सुरुमा बरामद भएको डिएसपी पासवानले बताए ।

जतिबेला उनीहरुको साथबाट ५१ हजार ४५० रुपैयाँ र दुई थान मोबाइलमात्र बरामद भएको थियो । पछि सोधपुछ गर्दै जाँदा उनीहरु बस्दै आएको घरको कोठाहरु खानतलासी गर्ने क्रममा प्लाष्टिकसहित १८६ ग्राम र प्लाष्टिकबिना १८० ग्राम खैरो हिरोइन बरामद भएको प्रहरीको भनाइ छ ।

त्यतिमात्र नभएर बाँकी ५४ लाख १४ हजार २८५ नेपाली रुपैयाँ र ३५ हजार ७८० भारुसमेत घरबाटै बरामद भएको डिएसपी पासवानले बताए । पक्राउ परेका उनीहरुविरुद्ध लागूऔषध मुद्दा दर्ता भई जिल्ला अदालतबाट ७ दिनको म्याद थप भई अनुसन्धान कार्य जारी रहेको सिरहा प्रहरीले जनाएको छ ।

यसअघि पनि यादव २०८० साउन १२ गते खैरो हिरोईन प्लाष्टिकसहित ४.४ ग्राम र प्लाष्टिकबिना ३.६ ग्रामसहित पक्राउ परेका व्यक्ति हुन् । जतिबेला लागूऔषध मुद्दामा असोज २४ गते अदालतले उनलाई कारागार चलान गरेको थियो । तर, माघ ५ गते ६ महिना कैद भुक्तान गरी उनी छुटेका थिए ।

यस्तै सिरहा प्रहरीले ३ गते अर्का २ जना व्यक्तिलाई समेत खैरो हेरोइनसहित पक्राउ गर्न सफल भएको छ । पक्राउ पर्नेहरुमा औरही गाउँपालिका ३ बस्ने २० वर्षीय कृष्ण कुमार यादव र तलसिपुर बस्ने १९ वर्षीय निरज राय रहेका छन् ।

उनीहरुलाई बरियारपट्टी गाउँपालिका ३ चमार टोलस्थित इप्रका बरियापट्टीबाट खटिएको टोलीले पक्राउ गरेको हो । भारत लदनियाबाट बरियारपट्टीतर्फ आउँदै गरेको मोटरसाइकल रोकी चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट ७१० मिलिग्राम खैरो हिरोइन बरामद भएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

जिनहरु दुवैजनालाई जिल्ला अदालतबाट ५ दिनको म्याद थप भई अनुसन्धान कार्य जारी रहेको सिरहा प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । सामाजिक संजाल मार्फत प्राप्त गुनासोलाई मध्यनजर गर्दै नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका कार्यालय प्रमुख प्रहरी उपरीक्षक एसपी मुकुन्द प्रसाद रिजालको निर्देशन अनुसार सडकमा सवारी साधनको अगाडी टिकटक बनाउने जिल्ला सल्यान बनगाड कुपिण्डे न.पा.११ बस्ने भावना पुन मगर र सवारी साधनको छतमा यात्रुहरुलाई सवार गराउने लु.प्र.०१-००१ख १०६४ नं.को फोर्स गाडीको […]

काठमाडौं । नेपाल सरकारले डोजर चलाएर भत्काएको थापाथालीस्थित सुकुम्बासी बस्तीमा बस्दै आएका उनले शुक्रबार बागमती नदीमा हाम फालेर आत्महत्या गरेका हुन्। प्रहरीका अनुसार उनको पहिचान खुलिसकेको छैन। प्रहरीले शव बागमतीबाट बाहिर निकालेको छ। सामान सार्दै गरेका उनले अचानक बागमतीमा हाम फालेका थिए। यसअघि पनि थापाथली सुकुम्बासी बस्तीका एक १७ वर्षीय किशोरले आत्महत्या गरेका थिए।

दाङ । तुल्सीपुर जिरी नगरपालिका वडा नम्बर १ दोलखा बस्ने बिजुली खड्काका छोरा वर्ष२६का शुरेश खड्का हाल रोमानिया मा काम गर्दै आएको खड्काले नेपालीहरूलाई आफुले काम गर्ने कम्पनीमा काम धेरै राम्रो छ काम लगाइ दिन्छु भनेर दाङ जिल्लाबाट कृष्ण बि.क रु 240000 बुदि सुनार रु 240000 एकजना महिला बाट रु 240000 जम्मा रु 720000 ठगी […]

error: Content is protected !!