१८ बैशाख २०८३, शुक्रबार
01-05-2026 , Fri
×

नेपाल प्रहरीका एआईजी राजन अधिकारी चढेको गाडी उदयपुरको जंगलमा दुर्घटनामा

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, जेठ ०४, २०८२

उदयपुर । बा.एए ७४७३ नम्बरको टोयोटा फर्च्युनर गाडी दिउँसो दुर्घटनामा परेको हो। घटनामा गम्भीर मानवीय क्षति नभए पनि गाडीमा ठूलो क्षति भएको स्रोतले जनाएको छ।

प्राप्त जानकारी अनुसार एआईजी अधिकारी ताप्लेजुङस्थित पाथिभारा मन्दिर दर्शनका लागि पूर्वतर्फ जाँदै गर्दा उदयपुरको जंगल क्षेत्रमा दुर्घटना भएको हो। यद्यपि, दुर्घटनाबारे प्रहरी निकायबाट कुनै औपचारिक जानकारी दिइएको छैन। घटनालाई अत्यन्त गोप्य राखिएको छ, जसले भ्रमण व्यक्तिगत थियो भन्ने अनुमान लगाइएको छ।

स्थानीय प्रहरीले पनि उक्त घटनाबारे स्पष्ट जानकारी दिन सकेको छैन।  निगरानी ब्युरोले घटनाबारे बुझ्न खोज्दा जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपीले आफ्नै जिल्लामा एआईजीको आगमनबारे जानकारी नभएको प्रतिक्रिया दिएका छन्। यसले घटनालाई अझ रहस्यमय बनाएको छ।

गाडीमा कति जना सवार थिए। दुर्घटनाको कारण के थियो । र एआईजी अधिकारी सुरक्षित छन् वा छैनन् भन्नेबारे यकिन विवरण सार्वजनिक गरिएको छैन। यस घटना लुकाइएको छ र उच्च प्रहरी अधिकारीको व्यक्तिगत यात्राका कारण जानकारी नदिइएको हुनसक्ने अनुमान गर्न सकिन्छ ।

हालसम्म घटनाको विस्तृत विवरण सार्वजनिक भइनसकेकोले अनुसन्धान तथा आधिकारिक प्रतिक्रिया आउन बाँकी छ। घटनाबारे थप जानकारी आउन बॅाकी छ .. ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । सामाजिक संजाल मार्फत प्राप्त गुनासोलाई मध्यनजर गर्दै नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका कार्यालय प्रमुख प्रहरी उपरीक्षक एसपी मुकुन्द प्रसाद रिजालको निर्देशन अनुसार सडकमा सवारी साधनको अगाडी टिकटक बनाउने जिल्ला सल्यान बनगाड कुपिण्डे न.पा.११ बस्ने भावना पुन मगर र सवारी साधनको छतमा यात्रुहरुलाई सवार गराउने लु.प्र.०१-००१ख १०६४ नं.को फोर्स गाडीको […]

काठमाडौं । नेपाल सरकारले डोजर चलाएर भत्काएको थापाथालीस्थित सुकुम्बासी बस्तीमा बस्दै आएका उनले शुक्रबार बागमती नदीमा हाम फालेर आत्महत्या गरेका हुन्। प्रहरीका अनुसार उनको पहिचान खुलिसकेको छैन। प्रहरीले शव बागमतीबाट बाहिर निकालेको छ। सामान सार्दै गरेका उनले अचानक बागमतीमा हाम फालेका थिए। यसअघि पनि थापाथली सुकुम्बासी बस्तीका एक १७ वर्षीय किशोरले आत्महत्या गरेका थिए।

दाङ । तुल्सीपुर जिरी नगरपालिका वडा नम्बर १ दोलखा बस्ने बिजुली खड्काका छोरा वर्ष२६का शुरेश खड्का हाल रोमानिया मा काम गर्दै आएको खड्काले नेपालीहरूलाई आफुले काम गर्ने कम्पनीमा काम धेरै राम्रो छ काम लगाइ दिन्छु भनेर दाङ जिल्लाबाट कृष्ण बि.क रु 240000 बुदि सुनार रु 240000 एकजना महिला बाट रु 240000 जम्मा रु 720000 ठगी […]

error: Content is protected !!