१८ बैशाख २०८३, शुक्रबार
01-05-2026 , Fri
×

सोमबार तपाईंहरुको राशिफल

Logo
Abc Sanchar प्रकाशित सोमबार, जेठ ०५, २०८२

मेष -आज प्रेमीको सहयोग प्राप्त हुनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ। न्यायिक कार्यमा सफलता मिल्नेछ। शुभकार्यको चर्चा पनि चल्नेछ।

वृष -अवसरका साथै भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। अध्ययनमा प्रगति हुनेछ। मिहिनेतले सजिलै लक्ष्यमा पुग्न सकिनेछ।

मिथुन -साझेदारीका समस्या सुल्झनाले दिगो योजनामा अघि बढ्दा फाइदा उठाउन सकिनेछ। अन्योलमा मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ हुनेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला।

कर्कट -लाभहानी, सुखदुःख बराबरी मध्यम खालको दिन छ। ठुलो कारोबारमा लगानी नगर्दा वेश हुनेछ। सामान हराउने वा चोरी हुने भय पनि छ।

सिंह -आज आफन्त सँग भेट घाट हुनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। स्वादिष्ट भोजन पाइनेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ।

कन्या-आज शुभ समाचार सुन्न पाइएला। वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ। राज्यबाट मान सम्मान पाइनेछ। सामाजिक क्षेत्रमा सफलता मिल्नेछ।

तुला-आज रोकिएको धन हात पर्ला। धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ। अतिथिको रूपमा सत्कार पनि पाइनेछ ।मन प्रसन्न रहनेछ ।

वृश्चिक -बन्न लागेको काम बिग्रनसक्छ। प्रेममा बाधाका साथै मन कमजोर रहला। दुष्ट व्यक्तिको सङ्गतिले गलत काममा हात हाल्न सकिने छ विशेष ख्याल गरेर अगाडि बढ्नु होला ।कसैको विश्वासमा नपर्नुहोला

धनु -सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। आकस्मिक धन लाभ हुनेछ। जोशजाँगर र हिम्मत बढ्नेछ। दाम्पत्य जीवन सुखमय हुनेछ।

मकर -नयाँ कार्यको थालनी हुनेछ। लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। वित्तिय संस्थाबाट सहयोग पाइनेछ। पदोन्नतिको सम्भावना प्रबल छ।

कुम्भ -आज अरुलाई प्रभावित पारेर काम बन्नेछ। मनोरञ्जनमा सहभागी भइएला। पारिवारिक सद्भाव बढ्नेछ। व्यापार, व्यवसायमा पर्याप्त लाभ मिल्नेछ।

मीन -आज सरकारी निकायको भय रहला। अविश्वास उत्पन्न हुनेछ। परिवारमा झैझमेलाको अवस्था आउला, तर व्यवसायिक सफलता भने मिल्नेछ ।

माधवा शर्मा
ज्योतिषाचार्य तथा वास्तु विद्
9848060799

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । सामाजिक संजाल मार्फत प्राप्त गुनासोलाई मध्यनजर गर्दै नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका कार्यालय प्रमुख प्रहरी उपरीक्षक एसपी मुकुन्द प्रसाद रिजालको निर्देशन अनुसार सडकमा सवारी साधनको अगाडी टिकटक बनाउने जिल्ला सल्यान बनगाड कुपिण्डे न.पा.११ बस्ने भावना पुन मगर र सवारी साधनको छतमा यात्रुहरुलाई सवार गराउने लु.प्र.०१-००१ख १०६४ नं.को फोर्स गाडीको […]

काठमाडौं । नेपाल सरकारले डोजर चलाएर भत्काएको थापाथालीस्थित सुकुम्बासी बस्तीमा बस्दै आएका उनले शुक्रबार बागमती नदीमा हाम फालेर आत्महत्या गरेका हुन्। प्रहरीका अनुसार उनको पहिचान खुलिसकेको छैन। प्रहरीले शव बागमतीबाट बाहिर निकालेको छ। सामान सार्दै गरेका उनले अचानक बागमतीमा हाम फालेका थिए। यसअघि पनि थापाथली सुकुम्बासी बस्तीका एक १७ वर्षीय किशोरले आत्महत्या गरेका थिए।

दाङ । तुल्सीपुर जिरी नगरपालिका वडा नम्बर १ दोलखा बस्ने बिजुली खड्काका छोरा वर्ष२६का शुरेश खड्का हाल रोमानिया मा काम गर्दै आएको खड्काले नेपालीहरूलाई आफुले काम गर्ने कम्पनीमा काम धेरै राम्रो छ काम लगाइ दिन्छु भनेर दाङ जिल्लाबाट कृष्ण बि.क रु 240000 बुदि सुनार रु 240000 एकजना महिला बाट रु 240000 जम्मा रु 720000 ठगी […]

error: Content is protected !!