२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

मदेश प्रदेश डीआईजी उमा प्रसाद चतुर्वेदीद्वारा जिल्ला प्रहरी कार्यालय पर्साको निरीक्षण निर्देशन,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, जेठ ०५, २०८२

 

पर्सा । बिरगंज मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) उमा प्रसाद चतुर्वेदीले पर्सा जिल्लामा प्रहरी संगठनको प्रभावकारिता र सेवा प्रवाहमा सुधार ल्याउन बृहत निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न गर्नुभएको छ।

जिल्ला प्रहरी कार्यालय, पर्सामा जेठ ४ गते साँझ आयोजित कार्यक्रममार्फत डिआईजी चतुर्वेदीले शान्ति सुरक्षा सुदृढीकरण, सीमावर्ती अपराध नियन्त्रण, भन्सार छलि रोकथाम, फरार अभियुक्त खोजी र सवारी दुर्घटना न्यूनीकरणलगायतका विषयमा रणनीतिक निर्देशन दिनुभयो।

उहाँले प्रहरी परिचालनलाई थप अनुशासित, व्यवस्थित र सजग बनाउनु पर्नेमा जोड दिँदै सीमावर्ती क्षेत्रमा हुने अवैध कारोबार नियन्त्रणका लागि समन्वय र प्रविधिको प्रयोग अपरिहार्य रहेको बताउनुभयो। फरार अभियुक्तहरूको पहिचान र पक्राउ प्रक्रिया तीव्र बनाउन र लामो समयदेखि पेन्डिङ मुद्दाहरूको फर्छोटमा प्राथमिकता दिन निर्देशन दिनुभयो।

सवारी दुर्घटनाको न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रम, ट्राफिक निगरानी र कडाइका साथ कानुनी कार्यान्वयन आवश्यक रहेको चतुर्वेदीको भनाइ थियो। साथै, प्रहरी कर्मचारीको मानसिक स्वास्थ्य सुदृढीकरणका लागि मनोसामाजिक सशक्तिकरण कार्यक्रम तत्काल लागू गर्नुपर्ने सुझावसमेत दिनुभयो।

निरीक्षणका क्रममा डिआईजी चतुर्वेदीले प्रहरी कार्यालयका विभिन्न शाखाहरू, हिरासत कक्ष, मेस, क्यान्टिन र ब्यारेकको अवस्थाबारे प्रत्यक्ष जानकारी लिँदै सुधारका लागि आवश्यक सिफारिसहरू गर्नुभएको थियो। उहाँले जनमैत्री सेवा प्रवाह र प्रहरी आचरणमा पारदर्शिता आवश्यक रहेको समेत औँल्याउनुभयो।

कार्यक्रममा सहभागी प्रहरी अधिकृतहरूका अनुसार डिआईजी चतुर्वेदीको निरीक्षण तथा स्पष्ट रणनीतिले संगठनमा नवीन ऊर्जा र प्रतिबद्धता थपिएको छ। उहाँको नेतृत्वले मधेश प्रदेशको प्रहरी सेवा जनउत्तरदायी, सक्षम र परिणाममुखी बनाउन ठोस आधार तयार गर्ने अपेक्षा गरिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]