२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

(रास्वपा) सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण मुद्दामा सोमबार सुनुवाइ हुँदै,

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, जेठ ०५, २०८२

(रास्वपा) सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण मुद्दामा सोमबार सुनुवाइ हुँदै

काठमाडौं । सर्वोच्च अदालतमा यसअघि पाँचपटकसम्म हेर्न नमिल्ने सूचीमा परेको मुद्दा आज भने हेर्न मिल्ने इजलासमा पर्नेछ । आइतबार न्यायाधीशद्वय डा. मनोजकुमार शर्मा र सुनिलकुमार पोख्रेलको इजलासमा हेर्न नमिल्नेमा परेपछि सोही इजलासले अब हेर्न मिल्ने इजलासमा राख्न आदेश जारी गरेको थियो ।

इजलासले बन्दी प्रत्यक्षकरणको रिटको संवेदनशीलता हेरेर प्राथमिकतामा राख्नुपर्ने भन्दै सुनवाइको व्यवस्था गर्न सर्वोच्च प्रशासनका नाममा आदेश जारी गरेको हो । न्यायाधीशहरू हरिप्रसाद फुयाल, तिलप्रसाद श्रेष्ठ, अब्दुल अजिज मुसलमान र सुनिलकुमार पोखरेलले भने रविको मुद्दा हेर्न नमिल्ने अवस्था छ ।

त्यसबाहेक पनि हेर्न नमिल्ने भए यकिन गरी सोमबार हेर्न मिल्ने न्यायाधीशमध्येबाट मात्र गोला प्रणालीमा सहभागी गराउने निर्णय भएको हो । लामिछाने ४२ दिनदेखि रूपन्देही कारागारमा छन् । उनले वैशाख ७ गते श्रीमती निकिता पौडेलमार्फत बन्दी प्रत्यक्षीकरणको रिट दायर गराएका हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।