२९ मंसिर २०८२, सोमबार
15-12-2025 , Mon
×

मंगलबार तपाईंको राशिफल

Logo
Abc Sanchar प्रकाशित मंगलबार, जेठ ०६, २०८२

मेष : दिन सामान्य छ। बोल्दा ख्याल नगरे अप्ठेरो परिस्थिति बन्नसक्छ। तपाईंले राम्रो काम गरे पनि अरुले नै जस लिने जोखिम रहेकाले सचेत बन्नुपर्नेछ। स्वदेशमै रोजगारीको अवसर प्राप्त हुने सम्भावना रहेको छ। शिक्षामा ढिलासुस्ती हुनेछ।

वृष : भाग्य स्थानमा चन्द्रमा पुगेका छन्। तपाईंको मन उल्लासमय बन्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। साथीको सहयोगमा तपाईंको काम बन्नेछ। अनुत्पादक क्षेत्रको खर्च कटौती गर्नुपर्नेछ।

मिथुन : धार्मिक व्यक्तिसँगको भेटले मनमा नयाँ ऊर्जा थपिने छ। सञ्चित धन खर्च भए पनि इज्जत बढ्नेछ। राज्यको सेवा गर्दै हुनुहुन्छ भने पदोन्नती हुने दिन छ।

कर्कट : आफ्नो काम आफैलाई मन नपर्ने दिन छ। आफ्नै जालमा फस्दा पश्चाताप हुनेछ। शिक्षा क्षेत्रमा भने फाइदा हुनेछ। परिवारको दैनिकी सामान्य बन्नेछ। प्रेम सम्बन्धमा खटपटी बढ्नेछ।

सिंह : मन शान्त बन्ने दिन छ। शनिको प्रकोप बढेको छ। तपाईंको काममा अवरोध आइपर्ने जोखिम छ। शिक्षामा लगाईएको लगानिमा केहीँ घाटा व्यहोर्नु पर्ला ।संकटमा परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

कन्या : दिन सामान्य छ। शत्रु बढ्नेछन्। परिवारको व्यवहारबाट खुशी मिल्नेछ। पूर्वको लामो यात्रामा नजानु उचित हुनेछ। प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ।

तुला : शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ। तपाईंको मिहिनेतको उचित कदर हुनेछ। परिवारभित्रबाट भन्दा बाहिरका साथीले तपाईंको प्रशंसा गर्नेछन्। राज्यबाट लिने सेवा र सुविधामा सचेत बन्नुपर्नेछ।

वृश्चिक : सानो कुराले मनमा झन्झट बढ्नेछ। शिक्षाको क्षेत्रमा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। परिवारमा भने बौद्धिक टकराब हुनेछ। प्रेम सम्बन्धमा खटपटी बढ्नेछ।

धनु : लगानीको क्षेत्रमा सहकार्य गर्दा फाइदा हुनेछ। एकल लगानी नगर्नु उचित हु्न्छ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारको निर्णयले मनमा संकट आइपर्ने जोखिम छ।

मकर : स्वास्थ्यमा सुधार हुनेछ। साथीसँग बोल्ने कलामा प्रगति हुनेछ। परिवारमा कर्तव्य मात्र पूर्ण गर्नु उचित हुनेछ। मिहिनेतको फल प्राप्त हुनेछ।

कुम्भ : खर्च बढ्ने योग छ। स्वास्थ्यमा सुधार हुनेछ। गोप्य कुरा साथीलाई नभन्नु राम्रो हुन्छ। यात्रा गर्दा ख्याल गर्नु होला ।

मीन : सञ्चित धन खर्च हुनेछ। स्वास्थ्यमा भने सुधार हुने योग छ। बौद्धिक व्यक्तिसँग थोरै बोलेर अगाडि बढ्नुपर्ने समय छ। मध्यसाढेसाती दशा चलिरहेकाले पिपलको दर्शन गर्नु उचित हुनेछ। परिवारसँगको सम्बन्ध सहज हुनेछ ।

माधवा शर्मा
ज्योतिषाचार्य तथा वास्तु विद्
9848060799

कमेन्ट गर्नुहोस्
सम्बन्धित

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

काठमाडौं । धेरै जसो नेपालीका छोराछोरी अमेरिका, अस्ट्रेलिया, क्यानडा,बेलायतलगायत विकसित मुलुकमा छन्। उनीहरु पढ्न अर्थात् अध्ययन भिसामा त्यता गएका हुन्। पढ्न भनेर गएपनि नेपाली विद्यार्थीहरु त्यहाँ काम गर्ने गर्छन्। तर, अहिले छोराछोरी विकसित मुलुकमा रहेका अभिभावकहरु भन्छन्, ‘त्यहाँको सरकारले काम गर्नै दिएको छैन रे। काम गर्न नपाएपछि पैसा हुँदैन। यताबाट पठाउन पनि पैसा छैन। कलेज […]

कपिलवस्तु । प्रहरी र प्रशासनका उच्च अधिकारीहरूसँग चिनजान रहेको भन्दै हिरासतमा रहेका व्यक्तिको मुद्दा मिलाइदिने प्रलोभन देखाई रकम ठगी गर्ने दुई जनालाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ। कुटपिट तथा ज्यान मार्ने उद्योग मुद्दामा थुनामा रहेका प्रलाहद केवटकी श्रीमतीसँग मुद्दा दर्ता गर्न नदिने र मिलाइदिने भन्दै १० हजार रुपैयाँ असुल्ने बुद्धभुमी नगरपालिका–१० का ५० वर्षीय अयोध्यालाल […]

error: Content is protected !!