२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

मंगलबार तपाईंको राशिफल

Logo
Abc Sanchar प्रकाशित मंगलबार, जेठ ०६, २०८२

मेष : दिन सामान्य छ। बोल्दा ख्याल नगरे अप्ठेरो परिस्थिति बन्नसक्छ। तपाईंले राम्रो काम गरे पनि अरुले नै जस लिने जोखिम रहेकाले सचेत बन्नुपर्नेछ। स्वदेशमै रोजगारीको अवसर प्राप्त हुने सम्भावना रहेको छ। शिक्षामा ढिलासुस्ती हुनेछ।

वृष : भाग्य स्थानमा चन्द्रमा पुगेका छन्। तपाईंको मन उल्लासमय बन्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। साथीको सहयोगमा तपाईंको काम बन्नेछ। अनुत्पादक क्षेत्रको खर्च कटौती गर्नुपर्नेछ।

मिथुन : धार्मिक व्यक्तिसँगको भेटले मनमा नयाँ ऊर्जा थपिने छ। सञ्चित धन खर्च भए पनि इज्जत बढ्नेछ। राज्यको सेवा गर्दै हुनुहुन्छ भने पदोन्नती हुने दिन छ।

कर्कट : आफ्नो काम आफैलाई मन नपर्ने दिन छ। आफ्नै जालमा फस्दा पश्चाताप हुनेछ। शिक्षा क्षेत्रमा भने फाइदा हुनेछ। परिवारको दैनिकी सामान्य बन्नेछ। प्रेम सम्बन्धमा खटपटी बढ्नेछ।

सिंह : मन शान्त बन्ने दिन छ। शनिको प्रकोप बढेको छ। तपाईंको काममा अवरोध आइपर्ने जोखिम छ। शिक्षामा लगाईएको लगानिमा केहीँ घाटा व्यहोर्नु पर्ला ।संकटमा परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

कन्या : दिन सामान्य छ। शत्रु बढ्नेछन्। परिवारको व्यवहारबाट खुशी मिल्नेछ। पूर्वको लामो यात्रामा नजानु उचित हुनेछ। प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ।

तुला : शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ। तपाईंको मिहिनेतको उचित कदर हुनेछ। परिवारभित्रबाट भन्दा बाहिरका साथीले तपाईंको प्रशंसा गर्नेछन्। राज्यबाट लिने सेवा र सुविधामा सचेत बन्नुपर्नेछ।

वृश्चिक : सानो कुराले मनमा झन्झट बढ्नेछ। शिक्षाको क्षेत्रमा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। परिवारमा भने बौद्धिक टकराब हुनेछ। प्रेम सम्बन्धमा खटपटी बढ्नेछ।

धनु : लगानीको क्षेत्रमा सहकार्य गर्दा फाइदा हुनेछ। एकल लगानी नगर्नु उचित हु्न्छ। स्वास्थ्यमा सुधार हुनेछ। परिवारको निर्णयले मनमा संकट आइपर्ने जोखिम छ।

मकर : स्वास्थ्यमा सुधार हुनेछ। साथीसँग बोल्ने कलामा प्रगति हुनेछ। परिवारमा कर्तव्य मात्र पूर्ण गर्नु उचित हुनेछ। मिहिनेतको फल प्राप्त हुनेछ।

कुम्भ : खर्च बढ्ने योग छ। स्वास्थ्यमा सुधार हुनेछ। गोप्य कुरा साथीलाई नभन्नु राम्रो हुन्छ। यात्रा गर्दा ख्याल गर्नु होला ।

मीन : सञ्चित धन खर्च हुनेछ। स्वास्थ्यमा भने सुधार हुने योग छ। बौद्धिक व्यक्तिसँग थोरै बोलेर अगाडि बढ्नुपर्ने समय छ। मध्यसाढेसाती दशा चलिरहेकाले पिपलको दर्शन गर्नु उचित हुनेछ। परिवारसँगको सम्बन्ध सहज हुनेछ ।

माधवा शर्मा
ज्योतिषाचार्य तथा वास्तु विद्
9848060799

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]