२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

राैतहटमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको सेटिङमा खुलेयाम काैडा जुवा संचालनमा

Logo
ABC (भन्डाफोर) प्रकाशित मंगलबार, जेठ ०६, २०८२

गाैर । राैतहट जिल्लाकाे कटहरिया नगरपालिका वडा नम्बर दुई जमुनिया टाेलमा राति हाेइन , दिउँसो नै खुलेयाम जूवा , काैडा खेल्ने खेलाउने काम हुदै आएको छ । जमुनिया टाेलकाे स्कुलकाे उत्तरपट्टी बांसघारीकाे छेउमा खुलेयाम काैडा खेलाउने काम हुदै आएको छ । उक्त जूवा खेलाउन , पक्राउ नगरी सहयोग गरेवापत जूवा संचालकले नेपाल प्रहरीकाे प्रहरी चाैकी जगलसैयालाई दैनिक दुई हजारको दरले र सशस्त्र प्रहरी बलकाे सुरक्षा बेश जगलसैयालाई एक हजारकाे दरले क्रमशः ६० हजार र ३० हजारकाे दरले रकम दिने गरेको जुवा खेल्नेहरूले नै सार्वजनिक गरेका छन् । जुवा खेलाउनेले मासिक हाेइन दैनिककाे दरले दुबै प्रहरीलाई रकम दिदै आएको खुलेको हो । उक्त ठाउँ स्थित प्रहरी चाैकी प्रमुखमा असई तवरज आलम र सशस्त्रको बेशमा सई भविन्द्र राज पाण्डे प्रमुखको रूपमा कार्यरत रहेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]