२९ मंसिर २०८२, सोमबार
15-12-2025 , Mon
×

राैतहटमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको सेटिङमा खुलेयाम काैडा जुवा संचालनमा

Logo
ABC (भन्डाफोर) प्रकाशित मंगलबार, जेठ ०६, २०८२

गाैर । राैतहट जिल्लाकाे कटहरिया नगरपालिका वडा नम्बर दुई जमुनिया टाेलमा राति हाेइन , दिउँसो नै खुलेयाम जूवा , काैडा खेल्ने खेलाउने काम हुदै आएको छ । जमुनिया टाेलकाे स्कुलकाे उत्तरपट्टी बांसघारीकाे छेउमा खुलेयाम काैडा खेलाउने काम हुदै आएको छ । उक्त जूवा खेलाउन , पक्राउ नगरी सहयोग गरेवापत जूवा संचालकले नेपाल प्रहरीकाे प्रहरी चाैकी जगलसैयालाई दैनिक दुई हजारको दरले र सशस्त्र प्रहरी बलकाे सुरक्षा बेश जगलसैयालाई एक हजारकाे दरले क्रमशः ६० हजार र ३० हजारकाे दरले रकम दिने गरेको जुवा खेल्नेहरूले नै सार्वजनिक गरेका छन् । जुवा खेलाउनेले मासिक हाेइन दैनिककाे दरले दुबै प्रहरीलाई रकम दिदै आएको खुलेको हो । उक्त ठाउँ स्थित प्रहरी चाैकी प्रमुखमा असई तवरज आलम र सशस्त्रको बेशमा सई भविन्द्र राज पाण्डे प्रमुखको रूपमा कार्यरत रहेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

काठमाडौं । धेरै जसो नेपालीका छोराछोरी अमेरिका, अस्ट्रेलिया, क्यानडा,बेलायतलगायत विकसित मुलुकमा छन्। उनीहरु पढ्न अर्थात् अध्ययन भिसामा त्यता गएका हुन्। पढ्न भनेर गएपनि नेपाली विद्यार्थीहरु त्यहाँ काम गर्ने गर्छन्। तर, अहिले छोराछोरी विकसित मुलुकमा रहेका अभिभावकहरु भन्छन्, ‘त्यहाँको सरकारले काम गर्नै दिएको छैन रे। काम गर्न नपाएपछि पैसा हुँदैन। यताबाट पठाउन पनि पैसा छैन। कलेज […]

कपिलवस्तु । प्रहरी र प्रशासनका उच्च अधिकारीहरूसँग चिनजान रहेको भन्दै हिरासतमा रहेका व्यक्तिको मुद्दा मिलाइदिने प्रलोभन देखाई रकम ठगी गर्ने दुई जनालाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ। कुटपिट तथा ज्यान मार्ने उद्योग मुद्दामा थुनामा रहेका प्रलाहद केवटकी श्रीमतीसँग मुद्दा दर्ता गर्न नदिने र मिलाइदिने भन्दै १० हजार रुपैयाँ असुल्ने बुद्धभुमी नगरपालिका–१० का ५० वर्षीय अयोध्यालाल […]

error: Content is protected !!