१८ बैशाख २०८३, शुक्रबार
01-05-2026 , Fri
×

रास्वपा सभापति लामिछानेको रिट न्यायाधीश सुवेदी र ढकालको इजलासमा दोस्रो नम्बरमा पेशी

Logo
ABC-Sanchar प्रकाशित मंगलबार, जेठ ०६, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेका तर्फबाट दायर भएको बन्दीप्रत्यक्षीकरणको रिट सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा परेको छ ।

सहकारी ठगी प्रकरणमा कारागार कार्यालय भैरहवा रुपन्देहीमा पुर्पक्षमा थुनामा रहेका लामिछानेका तर्फबाट दायर भएको बन्दीप्रत्यक्षीकरणको मुद्दामा यसअघि पनि पटक पटक पेशी तोकिए पनि हेर्न नमिल्नेमा परेको भन्दै सुनुवाइ हुन सकेको छैन ।

मंगबार भने दोस्रो नम्बरमै पेशी परेकाले सुनुवाइको पालो आउने सम्भावना रहेको छ । उनीसँगै सहकारी प्रकरणमा थुनामै रहेका पूर्वडीआईजी छविलाल जोशीको मुद्दा पनि न्यायाधीशद्वय सुवेदी र ढकालको इजलासमा तोकिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । सामाजिक संजाल मार्फत प्राप्त गुनासोलाई मध्यनजर गर्दै नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका कार्यालय प्रमुख प्रहरी उपरीक्षक एसपी मुकुन्द प्रसाद रिजालको निर्देशन अनुसार सडकमा सवारी साधनको अगाडी टिकटक बनाउने जिल्ला सल्यान बनगाड कुपिण्डे न.पा.११ बस्ने भावना पुन मगर र सवारी साधनको छतमा यात्रुहरुलाई सवार गराउने लु.प्र.०१-००१ख १०६४ नं.को फोर्स गाडीको […]

काठमाडौं । नेपाल सरकारले डोजर चलाएर भत्काएको थापाथालीस्थित सुकुम्बासी बस्तीमा बस्दै आएका उनले शुक्रबार बागमती नदीमा हाम फालेर आत्महत्या गरेका हुन्। प्रहरीका अनुसार उनको पहिचान खुलिसकेको छैन। प्रहरीले शव बागमतीबाट बाहिर निकालेको छ। सामान सार्दै गरेका उनले अचानक बागमतीमा हाम फालेका थिए। यसअघि पनि थापाथली सुकुम्बासी बस्तीका एक १७ वर्षीय किशोरले आत्महत्या गरेका थिए।

दाङ । तुल्सीपुर जिरी नगरपालिका वडा नम्बर १ दोलखा बस्ने बिजुली खड्काका छोरा वर्ष२६का शुरेश खड्का हाल रोमानिया मा काम गर्दै आएको खड्काले नेपालीहरूलाई आफुले काम गर्ने कम्पनीमा काम धेरै राम्रो छ काम लगाइ दिन्छु भनेर दाङ जिल्लाबाट कृष्ण बि.क रु 240000 बुदि सुनार रु 240000 एकजना महिला बाट रु 240000 जम्मा रु 720000 ठगी […]

error: Content is protected !!