२९ मंसिर २०८२, सोमबार
15-12-2025 , Mon
×

सवारी साधनमा भन्सार महसुल बढ्ने संकेत पछि धमाधम नयाँ गाडी आयात चोभारको सुख्खा बन्दरगाहमा

Logo
ABC-Sanchar प्रकाशित मंगलबार, जेठ ०६, २०८२

पर्सा । बिरगंज आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट आउनु अगाडि नै व्यवसायीहरुले गाडी आयात गरेका हुन् । जसले गर्दा भन्सारमा नयाँ गाडी थुप्रिएका छन् ।

अहिले चोभारको सुख्खा बन्दरगाह नयाँ गाडीले भरिएको छ । जबकि चैतसम्म यस बन्दरगाहको गाडी राख्ने ठाउँ आधा पनि भरिएको थिएन । पछिल्लो एक महिनायता सवारीसाधनको आयात बढ्दा अहिले बन्दरगाहमा थप गाडी राख्ने ठाउँ छैन ।

नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलका अनुसार अहिले चोभार सुख्खा बन्दरगाहमा एक हजार हाराहारीमा सवारीसाधन छन् । यहाँ सबैभन्दा बढी विद्युतीय सवारीसाधन रहेका छन् ।

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले विशेषगरी विद्युतीय सवारीसाधनमा हरित कर थप लगाउन सुझाव दिएपछि गाडी आयातकर्ताहरू कर बढ्ने आशंकामा बजेट अगाडि नै नयाँ गाडी धमाधम आयात गरिरहेका छन् ।

अहिले चोभार सुख्खा बन्दरगाहमा भएका अधिकांश गाडीहरू तातोपानी नाका र रसुवागढी नाकाबाट जाँचपाँस भएर आएका छन् ।

नेपाल इन्टरमोडल यातायात विकास समितिले प्रतिगाडी दैनिक १०० रुपैयाँका दरले भाडामा पार्किङ सुविधा उपलब्ध गराउँदै आएको छ । व्यवसायीले रसुवा र तातोपानी नाकाबाट भन्सार जाँचपाँस गरेर सुख्खा बन्दरगाहमा पार्किङ गरेका हुन् ।

यसरी चोभारको सुख्खा बन्दरगाहमा राखिएका गाडीमध्ये सबैभन्दा बढी बीवाईडीका गाडी छन् । नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंकले बीवाईडीका सयौं गाडी आयात गरेर चोभारको भन्सारमा राखेको पाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । धेरै जसो नेपालीका छोराछोरी अमेरिका, अस्ट्रेलिया, क्यानडा,बेलायतलगायत विकसित मुलुकमा छन्। उनीहरु पढ्न अर्थात् अध्ययन भिसामा त्यता गएका हुन्। पढ्न भनेर गएपनि नेपाली विद्यार्थीहरु त्यहाँ काम गर्ने गर्छन्। तर, अहिले छोराछोरी विकसित मुलुकमा रहेका अभिभावकहरु भन्छन्, ‘त्यहाँको सरकारले काम गर्नै दिएको छैन रे। काम गर्न नपाएपछि पैसा हुँदैन। यताबाट पठाउन पनि पैसा छैन। कलेज […]

कपिलवस्तु । प्रहरी र प्रशासनका उच्च अधिकारीहरूसँग चिनजान रहेको भन्दै हिरासतमा रहेका व्यक्तिको मुद्दा मिलाइदिने प्रलोभन देखाई रकम ठगी गर्ने दुई जनालाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ। कुटपिट तथा ज्यान मार्ने उद्योग मुद्दामा थुनामा रहेका प्रलाहद केवटकी श्रीमतीसँग मुद्दा दर्ता गर्न नदिने र मिलाइदिने भन्दै १० हजार रुपैयाँ असुल्ने बुद्धभुमी नगरपालिका–१० का ५० वर्षीय अयोध्यालाल […]

काठमाडौं । ललितपुरको सातदोबाटोमा अवस्थित प्रहरी वृत्त, ट्राफिक प्रहरी परिसर र काठमाडौँको बौद्धमा अवस्थित प्रहरी वृत्त पुनर्निमाण पछि स्थानीयले प्रहरीलाई हस्तान्तरण गरेका हुन् । आइतबार भएको हस्तान्तरण कार्यक्रममा आईजीपी दानबहादुर कार्की उपस्थित थिए । सातदोबाटोमा रहेको प्रहरी वृत्त र ट्राफिक प्रहरी परिसर हास्य कलाकार किरण केसी ‘राता मकै’ को नेतृत्वमा पुनर्निर्माण गरिएको हो । जेनजी […]

error: Content is protected !!