२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

सवारी साधनमा भन्सार महसुल बढ्ने संकेत पछि धमाधम नयाँ गाडी आयात चोभारको सुख्खा बन्दरगाहमा

Logo
ABC-Sanchar प्रकाशित मंगलबार, जेठ ०६, २०८२

पर्सा । बिरगंज आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट आउनु अगाडि नै व्यवसायीहरुले गाडी आयात गरेका हुन् । जसले गर्दा भन्सारमा नयाँ गाडी थुप्रिएका छन् ।

अहिले चोभारको सुख्खा बन्दरगाह नयाँ गाडीले भरिएको छ । जबकि चैतसम्म यस बन्दरगाहको गाडी राख्ने ठाउँ आधा पनि भरिएको थिएन । पछिल्लो एक महिनायता सवारीसाधनको आयात बढ्दा अहिले बन्दरगाहमा थप गाडी राख्ने ठाउँ छैन ।

नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलका अनुसार अहिले चोभार सुख्खा बन्दरगाहमा एक हजार हाराहारीमा सवारीसाधन छन् । यहाँ सबैभन्दा बढी विद्युतीय सवारीसाधन रहेका छन् ।

उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले विशेषगरी विद्युतीय सवारीसाधनमा हरित कर थप लगाउन सुझाव दिएपछि गाडी आयातकर्ताहरू कर बढ्ने आशंकामा बजेट अगाडि नै नयाँ गाडी धमाधम आयात गरिरहेका छन् ।

अहिले चोभार सुख्खा बन्दरगाहमा भएका अधिकांश गाडीहरू तातोपानी नाका र रसुवागढी नाकाबाट जाँचपाँस भएर आएका छन् ।

नेपाल इन्टरमोडल यातायात विकास समितिले प्रतिगाडी दैनिक १०० रुपैयाँका दरले भाडामा पार्किङ सुविधा उपलब्ध गराउँदै आएको छ । व्यवसायीले रसुवा र तातोपानी नाकाबाट भन्सार जाँचपाँस गरेर सुख्खा बन्दरगाहमा पार्किङ गरेका हुन् ।

यसरी चोभारको सुख्खा बन्दरगाहमा राखिएका गाडीमध्ये सबैभन्दा बढी बीवाईडीका गाडी छन् । नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंकले बीवाईडीका सयौं गाडी आयात गरेर चोभारको भन्सारमा राखेको पाइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]