१८ बैशाख २०८३, शुक्रबार
01-05-2026 , Fri
×

सशस्त्र प्रहरी बल पर्साले भन्सार छलिको समान छापामारी ६ लाख ९८ हजार बराबरको कपडा पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, जेठ ०६, २०८२

पर्सा । बिरगंज सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा., प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्ज र वीरगञ्ज भन्सार कार्यालयबाट खटिएको संयुक्त विशेष टोलीले वीरगञ्ज महानगरपालिका–१ छपकैया गाउँस्थित तीनवटा घरमा छापामारी गरेको छ। विशेष सूचनाका आधारमा गरिएको उक्त कर्डन तथा सर्च अपरेसनको क्रममा भारतबाट भन्सार छली गरि चोरी पैठारी गरी लुकाई छिपाई गोदाममा राखिएको तयारी कपडा फेला पारी नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी नायव उपरीक्षक देबेन्द्र बहादुर सिंहले जानकारी दिएका छन्।

 

उक्त कारवाहीबाट भन्सार दाखिला मूल्य अनुसार कुल रु. ६,९८,८००।– बराबरको तयारी कपडा बरामद गरिएको छ। बरामद सामग्रीलाई आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल सरकारले डोजर चलाएर भत्काएको थापाथालीस्थित सुकुम्बासी बस्तीमा बस्दै आएका उनले शुक्रबार बागमती नदीमा हाम फालेर आत्महत्या गरेका हुन्। प्रहरीका अनुसार उनको पहिचान खुलिसकेको छैन। प्रहरीले शव बागमतीबाट बाहिर निकालेको छ। सामान सार्दै गरेका उनले अचानक बागमतीमा हाम फालेका थिए। यसअघि पनि थापाथली सुकुम्बासी बस्तीका एक १७ वर्षीय किशोरले आत्महत्या गरेका थिए।

दाङ । तुल्सीपुर जिरी नगरपालिका वडा नम्बर १ दोलखा बस्ने बिजुली खड्काका छोरा वर्ष२६का शुरेश खड्का हाल रोमानिया मा काम गर्दै आएको खड्काले नेपालीहरूलाई आफुले काम गर्ने कम्पनीमा काम धेरै राम्रो छ काम लगाइ दिन्छु भनेर दाङ जिल्लाबाट कृष्ण बि.क रु 240000 बुदि सुनार रु 240000 एकजना महिला बाट रु 240000 जम्मा रु 720000 ठगी […]

काठमाडौं । नेपाल सरकारले वास्तविक सुकुम्वासीको पहिचान र सुरक्षित व्यवस्थापनपछि मात्र अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा खाली गर्ने स्पष्ट पारेको छ। सरकारले सुकुम्वासीहरूमा देखिएको त्रासप्रति सचेत रहँदै उनीहरूलाई ढुक्क हुन आग्रह गरेको हाे। वर्षायाम नजिकिँदै गर्दा बाढी तथा डुबानको उच्च जोखिममा रहेका बागमती तथा सहायक नदी किनारका बस्तीलाई लक्षित गरी वैशाख १२ गतेदेखि विशेष अभियान […]

error: Content is protected !!