१८ बैशाख २०८३, शुक्रबार
01-05-2026 , Fri
×

प्रहरी चन्द्रिका देउवाले महिलालाई सडक छेउमा ब्याथा लागेको देखेपछि आमा र बच्चाको ज्यान जोगाइन्

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, जेठ ०६, २०८२

धनगढी । कैलाली जिल्लाको गोदावरी नगरपालिका–१ चैतन्यपुरमा एक बेवारिसे गर्भवती महिलाले प्रहरीको सहयोगमा सुरक्षित रुपमा सन्तान जन्माएकी छन् ।

इलाका प्रहरी कार्यालय मालाखेती अन्तर्गत खैराना प्रहरी चौकीमा कार्यरत प्रहरी जवान चन्द्रिका देउवाले ती महिलालाई सडकछेउमा ब्याथा लागेको अवस्थामा देखेपछि तत्काल मानवीय पहल गर्दै उद्धार गरेकी हुन् ।

देउवाले स्थानीय बासिन्दाको सहयोगमा ती महिलालाई सुरक्षित स्थानमा स्थानान्तरण गरी सफलतापूर्वक प्रसूति गराउन मद्दत गरिन् ।

प्रसूति सम्पन्न भएपछि देउवाले आमालाई नवजात शिशुसहित आफैं पद्मा अस्पताल, अत्तरियासम्म पुर्‍याएकी थिइन्। अस्पताल स्रोतका अनुसार हाल आमा र शिशु दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको छ।

प्रहरी जवान देउवाले देखाएको मानवीयता र सक्रियताको अहिले सामाजिक सञ्जालमा प्रशंसा भइरहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल सरकारले डोजर चलाएर भत्काएको थापाथालीस्थित सुकुम्बासी बस्तीमा बस्दै आएका उनले शुक्रबार बागमती नदीमा हाम फालेर आत्महत्या गरेका हुन्। प्रहरीका अनुसार उनको पहिचान खुलिसकेको छैन। प्रहरीले शव बागमतीबाट बाहिर निकालेको छ। सामान सार्दै गरेका उनले अचानक बागमतीमा हाम फालेका थिए। यसअघि पनि थापाथली सुकुम्बासी बस्तीका एक १७ वर्षीय किशोरले आत्महत्या गरेका थिए।

दाङ । तुल्सीपुर जिरी नगरपालिका वडा नम्बर १ दोलखा बस्ने बिजुली खड्काका छोरा वर्ष२६का शुरेश खड्का हाल रोमानिया मा काम गर्दै आएको खड्काले नेपालीहरूलाई आफुले काम गर्ने कम्पनीमा काम धेरै राम्रो छ काम लगाइ दिन्छु भनेर दाङ जिल्लाबाट कृष्ण बि.क रु 240000 बुदि सुनार रु 240000 एकजना महिला बाट रु 240000 जम्मा रु 720000 ठगी […]

काठमाडौं । नेपाल सरकारले वास्तविक सुकुम्वासीको पहिचान र सुरक्षित व्यवस्थापनपछि मात्र अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा खाली गर्ने स्पष्ट पारेको छ। सरकारले सुकुम्वासीहरूमा देखिएको त्रासप्रति सचेत रहँदै उनीहरूलाई ढुक्क हुन आग्रह गरेको हाे। वर्षायाम नजिकिँदै गर्दा बाढी तथा डुबानको उच्च जोखिममा रहेका बागमती तथा सहायक नदी किनारका बस्तीलाई लक्षित गरी वैशाख १२ गतेदेखि विशेष अभियान […]

error: Content is protected !!