२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

बुधबार तपाईंको राशिफल

Logo
Abc Sanchar प्रकाशित बुधबार, जेठ ०७, २०८२

मेष : दिन राम्रो छ। व्यापारमा फाइदा हुनेछ। सञ्चित धन खर्च भए पनि दीर्घकालीन योजना बन्नेछन्। राजनीतिक क्षेत्रमा भने विपक्षी सक्रिय भएकाले अवरोध हुनसक्ने जोखिम छ।

वृष : स्वास्थ्यमा सुधार हुनेछ। डुब्न लागेको सम्पत्ति प्राप्त हुनेछ। धार्मिक व्यक्तिसँगको भेटले नयाँ योजना अगाडि बढ्नेछन्। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : शिक्षामा प्रगति हुनेछ। बोल्दा बिचार गर्नुपर्नेछ ।परोपकारमा प्रयोग गर्नुपर्ने समय छ। साथीको साथ मिल्नेछ। निजी क्षेत्रको शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ।

कर्कट : दिन सामान्य छ। साथीभाइ विपक्षी हुनेछन् सचेत बनेर काम गर्नुपर्नेछ। आफ्नै कामबाट असन्तुष्टि बढ्ने जोखिम छ। बौद्धिक व्यक्तिको संगत गरेमा काम बन्ने योग छ।

सिंह : परिवारसँग घुमघामको अवसर मिल्नेछ। उत्तरको लामो यात्रा नगर्नु उचित हुनेछ। सानो कुराले मन अशान्त बन्ने जोखिम छ। आज दीर्घकालीन योजना अगाडि नबढाउनु उचित हुनेछ।

कन्या : दिन सामान्य छ। ठुला योजनामा हात नलगाउनु राम्रो हुनेछ। राज्यको तर्फबाट साथ र सहयोग मिल्नेछ। प्राप्त सेवाको अवसरको सदुपयोग गरेमा नाफा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुला : शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ। तपाईंको श्रमको उचित मूल्यांकन हुनेछ। विपक्षी साथी शान्त रहेकाले तपाईंको काम बन्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ।

वृश्चिक : दिन राम्रो छ। आफ्नो सन्तुष्टि अनुसार नै व्यवहार अगाडि बढ्नेछ। निजी शिक्षामा गरेको लगानीबाट नाफा हुनेछ। साथीभाइसँग गोपनीयता भंग नगर्नु उचित हुनेछ।

धनु : जुनसुकै काम गरे पनि सहकार्यमा अगाडि बढाउनु उचित हुन्छ। व्यक्तिगत ढंगले अगाडि नबढ्नु उचित हुनेछ। मन खिन्न हुनेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा फाइदा हुनेछ।

मकर : धनलक्ष्मी योग परेको छ। प्राप्त सम्पत्ति सदुपयोग गर्नु उचित हुनेछ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। शिक्षा क्षेत्रमा गरेको अध्ययनले उचित स्थान पाउने दिन छ। परिवारमा मनमुटावको जोखिम छ।

कुम्भ : दिन राम्रो छ। मन प्रफुल्ल बन्नेछ। सञ्चित धन खर्च भए पनि दीर्घकालीन योजना बन्नेछन्। औषधी नियमित गर्न नसक्दा रोग बढ्नेछ। धार्मिक क्षेत्रमा सहभागी हुँदा दिन सहज बन्नेछ।

मीन : सञ्चित धन खर्च हुने दिन छ। शरीरमा आलश्यता बढ्नेछ। काममा ढिलासुस्ती हुने जोखिम हुन्छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ।

माधवा शर्मा
ज्योतिषाचार्य तथा वास्तु विद्
9848060799

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!