२९ मंसिर २०८२, सोमबार
15-12-2025 , Mon
×

नेपाल प्रहरीको डीआईजी पदको बढुवालाई लिएर विवाद मचियो : डिआईजी रेग्मीविरुद्ध गृहमा उजुरी

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, जेठ ०७, २०८२

काठमाडौं । बढुवा समितिद्वारा सिफारिस गरिएको ११ जनाको सूचीप्रति गम्भीर आपत्ति जनाउँदै युवराज सफलले सूचीमा परेका एसएसपी दिपक रेग्मीको बढुवा निर्णय खारेज गर्न माग गरेका छन् ।

उनले रेग्मीको बढुवा निर्णय खारेजीको माग गर्दै आज बुधबार गृह मन्त्रालयमा उजुरी दिएका हुन् ।

सफलले डीआईजी बढुवाको सूची नं. ४ मा परेका रेग्मीले आफ्नो कार्यकालमा अनैतिक र अमर्यादित गतिविधि गरेको आरोप लगाएका छन् ।

उजुरीमा उल्लेख गरिएको दाबी अनुसार, बागलुङ प्रहरी प्रमुखका रूपमा कार्यरत रहँदा रेग्मीले अर्काको श्रीमतीसंग अनैतिक सम्बन्ध राखी, ती महिलाको मिलेमतोमा निर्दोष व्यक्तिमाथि झुटो वैवाहिक बलात्कारको मुद्दा लगाएको आरोप छ ।

त्यस्ता चरित्रहिन, अनुशासनहिन र नैतिकताविहीन व्यक्तिलाई डिआइजी पदमा बढुवा गर्नु भनेको विधिको शासनमाथिको अपमान हो,” सफलले भनेका छन्।

उनका अनुसार पीडित भनिएका दिपक थापा र उनकी आमालाई समेत झुटा आर्थिक कागजपत्रमा फसाउने प्रयास गरिएको थियो ।

सफलले प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालयलगायत सम्बन्धित निकायहरूमा यसअघि नै उजुरी दिइसकेको र हाल छानबिनको प्रक्रिया जारी रहेको दाबी गरेका छन्। “छानबिन नसकिँदै विवादित व्यक्तिलाई डीआईजी सिफारिस गर्नु नाजायज छ,” उनी भन्छन्।

सफलले यदि रेग्मीको बढुवा निर्णय खारेज नगरिए कडा कदम चाल्ने चेतावनीसमेत दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । धेरै जसो नेपालीका छोराछोरी अमेरिका, अस्ट्रेलिया, क्यानडा,बेलायतलगायत विकसित मुलुकमा छन्। उनीहरु पढ्न अर्थात् अध्ययन भिसामा त्यता गएका हुन्। पढ्न भनेर गएपनि नेपाली विद्यार्थीहरु त्यहाँ काम गर्ने गर्छन्। तर, अहिले छोराछोरी विकसित मुलुकमा रहेका अभिभावकहरु भन्छन्, ‘त्यहाँको सरकारले काम गर्नै दिएको छैन रे। काम गर्न नपाएपछि पैसा हुँदैन। यताबाट पठाउन पनि पैसा छैन। कलेज […]

कपिलवस्तु । प्रहरी र प्रशासनका उच्च अधिकारीहरूसँग चिनजान रहेको भन्दै हिरासतमा रहेका व्यक्तिको मुद्दा मिलाइदिने प्रलोभन देखाई रकम ठगी गर्ने दुई जनालाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ। कुटपिट तथा ज्यान मार्ने उद्योग मुद्दामा थुनामा रहेका प्रलाहद केवटकी श्रीमतीसँग मुद्दा दर्ता गर्न नदिने र मिलाइदिने भन्दै १० हजार रुपैयाँ असुल्ने बुद्धभुमी नगरपालिका–१० का ५० वर्षीय अयोध्यालाल […]

काठमाडौं । ललितपुरको सातदोबाटोमा अवस्थित प्रहरी वृत्त, ट्राफिक प्रहरी परिसर र काठमाडौँको बौद्धमा अवस्थित प्रहरी वृत्त पुनर्निमाण पछि स्थानीयले प्रहरीलाई हस्तान्तरण गरेका हुन् । आइतबार भएको हस्तान्तरण कार्यक्रममा आईजीपी दानबहादुर कार्की उपस्थित थिए । सातदोबाटोमा रहेको प्रहरी वृत्त र ट्राफिक प्रहरी परिसर हास्य कलाकार किरण केसी ‘राता मकै’ को नेतृत्वमा पुनर्निर्माण गरिएको हो । जेनजी […]

error: Content is protected !!