२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

नेपाल प्रहरीको डीआईजी पदको बढुवालाई लिएर विवाद मचियो : डिआईजी रेग्मीविरुद्ध गृहमा उजुरी

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, जेठ ०७, २०८२

काठमाडौं । बढुवा समितिद्वारा सिफारिस गरिएको ११ जनाको सूचीप्रति गम्भीर आपत्ति जनाउँदै युवराज सफलले सूचीमा परेका एसएसपी दिपक रेग्मीको बढुवा निर्णय खारेज गर्न माग गरेका छन् ।

उनले रेग्मीको बढुवा निर्णय खारेजीको माग गर्दै आज बुधबार गृह मन्त्रालयमा उजुरी दिएका हुन् ।

सफलले डीआईजी बढुवाको सूची नं. ४ मा परेका रेग्मीले आफ्नो कार्यकालमा अनैतिक र अमर्यादित गतिविधि गरेको आरोप लगाएका छन् ।

उजुरीमा उल्लेख गरिएको दाबी अनुसार, बागलुङ प्रहरी प्रमुखका रूपमा कार्यरत रहँदा रेग्मीले अर्काको श्रीमतीसंग अनैतिक सम्बन्ध राखी, ती महिलाको मिलेमतोमा निर्दोष व्यक्तिमाथि झुटो वैवाहिक बलात्कारको मुद्दा लगाएको आरोप छ ।

त्यस्ता चरित्रहिन, अनुशासनहिन र नैतिकताविहीन व्यक्तिलाई डिआइजी पदमा बढुवा गर्नु भनेको विधिको शासनमाथिको अपमान हो,” सफलले भनेका छन्।

उनका अनुसार पीडित भनिएका दिपक थापा र उनकी आमालाई समेत झुटा आर्थिक कागजपत्रमा फसाउने प्रयास गरिएको थियो ।

सफलले प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालयलगायत सम्बन्धित निकायहरूमा यसअघि नै उजुरी दिइसकेको र हाल छानबिनको प्रक्रिया जारी रहेको दाबी गरेका छन्। “छानबिन नसकिँदै विवादित व्यक्तिलाई डीआईजी सिफारिस गर्नु नाजायज छ,” उनी भन्छन्।

सफलले यदि रेग्मीको बढुवा निर्णय खारेज नगरिए कडा कदम चाल्ने चेतावनीसमेत दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]