२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

प्रेस काउन्सिलले पत्रकारको आवरणमा गैर पेसागत क्रियाकलाप भएको प्रति गम्भीर ध्यानाकर्षण,

Logo
ABC-Sanchar प्रकाशित बिहिबार, जेठ ०८, २०८२

काठमाडौं । प्रेस काउन्सिल नेपालले आज प्रेस विज्ञप्ति जारी गर्दै पछिल्लो समय सिरहा, कैलाली, पर्सा, धनुषा, रुकुमपूर्व, रुकुमपश्चिम, रोल्पा, सल्यान, बाँके, सुनसरीलगायत जिल्लामा पत्रकारको आवरणमा गैरपेसागत कार्य भएको गुनासो आएकोप्रति ध्यानाकर्षण भएको जनाएको हो।

मिडियाको आवरणमा आफू पत्रकार भएको परिचय दिइ गैरपेसागत क्रियाकलाप गर्ने, सरकारी/गैरसरकारी एवं स्थानीय तहका कार्यालयमा विज्ञापनका नाममा बार्गेनिङ गर्ने, धम्क्याउने, अनधिकृत रुपमा कार्ड बनाइ गैरपेसागत क्रियाकलापमा संलग्न गराउनेलगायत गुनासाका सम्बन्धमा काउन्सिलको गम्भीर ध्यानाकर्षण भएको काउन्सिलका सूचना अधिकारी रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

काउन्सिलले पेसागत आचरणविपरीत यस्ता गैरकानुनी कार्य नगर्न/नगराउन सम्बद्ध सबैलाई अनुरोध गरेको छ। पत्रकारका विषयमा प्रश्न उठेपछि काउन्सिलले नेपाल पत्रकार महासंघ सिरहा जिल्ला शाखालाई सात दिनभित्र उजुरीसहित विवरण उपलब्ध गराउन पत्राचार गरेकोे छ।

आचारसंहिताबमोजिम दिएको निर्देशन अवज्ञा गर्ने ११ वटा अनलाइन सञ्चारमाध्यमलाई कालोसूचीमा राखिएको काउन्सिलले जनाएको छ। कालोसूचीमा राखी कारबाही गरिएकामध्ये क्षमायाचना गर्दै आचारसंहिता एवं काउन्सिलको निर्देशन पालनामा प्रतिबद्धतासहित निवेदन दिने पाँच वटालाई कालोसूचीबाट फुकुवा गरिएको सूचना अधिकारी बोहराले जानकारी दिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]