२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

नागरिक संवाद कार्यक्रममा बाँकेका पत्रकार मंसूर इदरीसीलाई विशेष सम्मान,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, जेठ ०८, २०८२

बाँके । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १६, जयसपुरस्थित सीमा प्रहरी चौकीमा आयोजित नागरिक संवाद कार्यक्रममा लिमरा खबरका पत्रकार मंसूर अली इदरीसीलाई सम्मान गरिएको छ।

सामुदायिक प्रहरी सेवा केन्द्रको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा पत्रकार इदरीसीलाई समाजमा लुकेका दबिएका आवाजहरूलाई उजागर गर्दै सम्बन्धित निकायसम्म पुर्यामएको योगदानको कदर गर्दै विशेष सम्मान प्रदान गरिएको हो।

उक्त कार्यक्रम जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी (सिडिओ) धर्मराज जोशी, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक रामप्रसाद घर्ती मगर, सशस्त्र प्रहरी बल ३० नम्बर गण बागेश्वरी हेडक्वाटरका गणपति शोभाकान्त खनाल, नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्ट लगायत विभिन्न वडाका निर्वाचित वडा अध्यक्षहरूको उपस्थितिमा सम्पन्न भएको थियो।
कार्यक्रममा बोल्दै वक्ताहरूले सञ्चारकर्मीहरू समाज परिवर्तनका संवाहक हुन् भन्दै पत्रकार इदरीसीले गरेको कार्य सराहनीय रहेको बताएका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]