२० बैशाख २०८३, आइतबार
03-05-2026 , Sun
×

संवैधानिक राजसंस्थाबारे लचिलो बन्ने, पूर्वप्रधानमन्त्री शेर बहादुर देउवा

Logo
Abc Sanchar प्रकाशित बिहिबार, जेठ ०८, २०८२

काठमाडौँ । राजसंस्था पुनःस्थापना आन्दोलनले राष्ट्रव्यापी आकार लिँदै गर्दा सत्ता गठबन्धनमा रहेको नेपाली कांग्रेसले राजसंस्थाप्रति आफ्नो असहिष्णु धारणामा लचकता देखाउन थालेको छ।

कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संवैधानिक राजसंस्थाबारे आफू नकारात्मक नरहेको तर हृदयेन्द्र वीरविक्रम शाह राजा बनेमा आफ्नो समर्थन रहने सन्देश राजसंस्था पुनःस्थापना आन्दोलनसमक्ष पठाएको बुझिएको छ।

नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइरालाले लिएको संवैधानिक राजतन्त्र र नेपाली कांग्रेस तथा प्रजातान्त्रिक शक्तिहरुबीचको सहकार्यले मात्र मुलुकको स्वतन्त्र हैसियत र प्रजातन्त्र सुनिश्चित गर्छ भन्ने मान्यता बोकेका नेता लोकेश ढकालले देउवाको यो प्रस्ताव आफ्नो जानकारीमा रहेको दाबी गर्दै देश सञ्चारसँग भने, ‘देउवाको यो सन्देश निर्मल निवासमा पुगेको छ ।’

राजसंस्था पुनःस्थापनाका लागि ‘निर्णायक’ आन्दोलन जेठ १५ बाट हुने घोषणासँगै नेपाली कांग्रेस र नेकपा एमालेबीच बढ्दो तिक्तता, आन्दोलनको पक्षमा देशका ७७ मध्ये झण्डै ७० जिल्लामा विभिन्न आकारमा देखिएका समर्थन र पूर्वराजा ज्ञानेन्द्र शाहको जनता समक्षका अपिलका बीच नेपाली कांग्रेसको नेतृत्व तहले राजसंस्थाबारे आफ्नो धारणामा लचकता देखाएको हो ।

‘देउवाले यो सुझाव आफ्ना एक दूतमार्फत पठाएका थिए’, ढकालले भने । तर, दूतको नाम भने खुलाएनन्।

देउवाको सुझावको केही दिनपछि नै नेपाली कांग्रेसका अर्का शीर्ष नेता शेखर कोइरालाले धर्मनिरपेक्षता र गणतन्त्र दुवैबारे जनमत संग्रहमा जानुपर्ने सुझाव दिएका छन्।

२०५८ असोजमा निर्धारित चुनाव नगराई प्रधानमन्त्रीका रुपमा सत्तामा निरन्तरता खोजेपछि राजा ज्ञानेन्द्रले त्यसको दुई वर्षपछि देउवालाई बर्खास्त गरेका थिए। तर, फेरि पुनर्बहाली गरेपछि देउवाले ‘गोरखाका राजाले न्याय दिन्छन्’ भन्ने चर्चित अभिव्यक्ति दिएका थिए। २०६१ माघ १९ गते फेरि देउवालाई बर्खास्त गरेपछि उनी गणतन्त्रको कित्तामा उभिएका हुन्।

आलोपालो नेतृत्व गर्ने सर्तमा गत असारमा केपी ओलीको नेतृत्वमा सत्ता गठबन्धनमा प्रवेश गरेका देउवामाथि नेपालको हिन्दू राष्ट्र हैसियत पुनःस्थापित गर्न ५० प्रतिशतभन्दा बढी कांग्रेस महाधिवेशन सदस्यहरूको लिखित माग विचाराधीन छ भने पार्टीका केही वरिष्ठ र प्रभावशाली नेताहरूसँगै सांसद्हरू पनि बिपीको मेलमिलाप नीतिलाई अवलम्बन गर्न अनौपचारिक रुपमा दबाब दिँदै छन्। ‘हामी राजसंस्था पुनःस्थापना र हाम्रा सबै मागबारे राष्ट्रिय सहमतिको क्रममा छौँ’, आन्दोलन संयोजक नवराज सुवेदीले भने। (देश-संचारबाट)

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । *घटना विवरण:* – *मिति*: २०८३ साल वैशाख २० गते जिल्ला प्रहरी कार्यालय बाँकेको विशेष प्रहरी टोलीले नेपालगंज उपमहानगरपालिका वडा नं. १३ र १५ – *बरामद सामान*: 1. भारतबाट अवैध रुपमा ल्याइएका १५०० वटा माछाका भुरा 2. ६० वटा बोइलर कुखुरा – *कारबाही*: नियन्त्रणमा लिइएका माछाका भुरा र कुखुरा आवश्यक कारबाहीका लागि पशु क्वारेन्टाइन कार्यालय, […]

काठमाडौँ । उपत्कायकास्थित बागमती तथा सहायक नदी किनारमा रहेका सुकुमवासी बस्ती हटाउने क्रम आज (शनिबार) पनि जारी छ। सरकार र काठमाडौँ महानगरपालिकाको संयोजनमा आज कामपा-१६ बालाजुस्थित विष्णुमति नदी र धोबीखोला नदी किनारामा रहेका घरटहरा हटाइँदै छ । कामपा-१५ स्वयम्भू क्षेत्रका अतिक्रमित घरटहरा हटाउने कार्य जारी रहेको काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले जानकारी दिए। […]

एजेन्सी । दक्षिणी लेवनानमा भएको इजरायली आक्रमणमा १३ जनाको मृत्यु भएको लेबनानको स्वास्थ्य मन्त्रालयले बताएको छ । जहाँमा इजरायली सेनाले युद्धविरामको बावजुद निकासी आदेश जारी गरेको थियो । लेवनानको हबबुसमा भएको आक्रमणमा एक जना बच्चा र दुई महिलासहित आठ जनाको मृत्यु हुनुका साथै अन्य २१ जना घाइते भएको मन्त्रालयले जनाएको छ । यसै गरि जररियामा […]

error: Content is protected !!