१८ बैशाख २०८३, शुक्रबार
01-05-2026 , Fri
×

आईजिपी दिपक थापाद्वारा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको निरीक्षण अनुगमन

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, जेठ ०८, २०८२

मकवानपुर । हेटौंडा नेपाल प्रहरीका संगठन प्रमुख प्रहरी महानिरीक्षक दिपक थापाज्यूबाट बागमती प्रदेश प्रहरी कार्यालयको अनुगमन, निरीक्षण तथा निर्देशन कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा प्रहरी महानिरीक्षक दिपक थापाज्यूले बागमती प्रदेश प्रहरी कार्यालय तथा मातहतका सकल दर्जाका प्रहरी कर्मचारीहरुलाई पुर्ण व्यावसायिक एवं कर्तव्यनिष्ठ प्रहरी कर्मचारीले मात्रै प्रहरी संगठनको गरिमा बढाउन सक्ने भएकोले हरेक प्रहरी कर्मचारीहरुले असल आचरणको पालना गर्दै समय सापेक्ष कार्यक्षमता अभिवृद्दि गरी आफ्नो तोकिएको जिम्मेवारी उत्कृष्ट ढंगबाट वहन गर्न जोड दिनुभएको छ । आम नागरिकहरूको प्रहरी प्रतिको विश्वास र भरोसालाई आत्मसाथ गर्दै नागरिकहरुले प्रत्यक्ष अनुभुती गर्ने गरी जनमुखी प्रहरी सेवा प्रवाह गर्न निर्देशन दिनुभएको छ । साथै संगठनको सुदृढीकरण र शुद्दिकरणमा आफुले जोड दिइरहेको बताउँदै संगठन प्रमुख प्रहरी महानिरीक्षक

दिपक थापाज्यूले प्रहरी संगठन राज्यको कानून कार्यान्वयन गर्ने प्रमुख निकाय भएकाले हरेक प्रहरी कर्मचारी कानूनको पुर्ण अधिनमा रहि कार्य सम्पादन गर्न हुन स्पष्ट निर्देशन दिनुभयो । कार्यक्रमको अन्त्यमा उपस्थित भई निर्देशन सम्बोधन गरिदिनुभएकोमा प्रमुख अतिथी प्रहरी महानिरीक्षक दिपक थापाज्यूमा धन्यवाद व्यक्त गर्दै बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण पौडेलज्यूले संगठन प्रमुखज्यूबाट भएको अमुल्य निर्देशनको अक्षरश: पालना गर्ने प्रतिबद्दता व्यक्त गर्नुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर जिरी नगरपालिका वडा नम्बर १ दोलखा बस्ने बिजुली खड्काका छोरा वर्ष२६का शुरेश खड्का हाल रोमानिया मा काम गर्दै आएको खड्काले नेपालीहरूलाई आफुले काम गर्ने कम्पनीमा काम धेरै राम्रो छ काम लगाइ दिन्छु भनेर दाङ जिल्लाबाट कृष्ण बि.क रु 240000 बुदि सुनार रु 240000 एकजना महिला बाट रु 240000 जम्मा रु 720000 ठगी […]

काठमाडौं । नेपाल सरकारले वास्तविक सुकुम्वासीको पहिचान र सुरक्षित व्यवस्थापनपछि मात्र अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा खाली गर्ने स्पष्ट पारेको छ। सरकारले सुकुम्वासीहरूमा देखिएको त्रासप्रति सचेत रहँदै उनीहरूलाई ढुक्क हुन आग्रह गरेको हाे। वर्षायाम नजिकिँदै गर्दा बाढी तथा डुबानको उच्च जोखिममा रहेका बागमती तथा सहायक नदी किनारका बस्तीलाई लक्षित गरी वैशाख १२ गतेदेखि विशेष अभियान […]

काठमाडौं । देशको सुरक्षा संरचनामा महत्वपूर्ण भूमिका खेल्दै आएको सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) यतिबेला ऐतिहासिक मोडमा पुगेको छ। चार वर्षे कार्यकाल पूरा गर्दै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल अनिवार्य अवकाशमा जाँदैछन् भने उनको स्थानमा नारायणदत्त पौडेल ले कमाण्ड सम्हाल्दैछन्। यो परिवर्तन केवल औपचारिक बिदाइ र नियुक्तिमा सीमित नभई संगठनको भावी रणनीति, सुरक्षा चुनौती र […]

error: Content is protected !!