१८ बैशाख २०८३, शुक्रबार
01-05-2026 , Fri
×

नेपालगन्ज ट्राफिक प्रहरीले अब्यवस्थित पार्किंग समस्यालाई व्यवस्थित गर्न १० ठाँउमा ट्राफिक बोर्ड संकेत राख्यो

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, जेठ ०९, २०८२

बाँके । नेपालगन्ज उपमहानगरपलिका वडा नम्बर २ को सहयोगमा नेपालगन्जको विभिन्न स्थानमा १० थान नो पार्किंग अंकित बोर्ड राखिएको नेपालगन्ज ट्राफिक कार्यालयका प्रमुख वरिष्ठ सई नन्द पोख्रेलले बताउनु भएको छ।

नेपालगन्जमा मानिसको सबैभन्दा बढी चाप हुने धम्बोझीस्थित बागेश्वरी गेट देखि त्रिभुवन चोकसम्म ७ थान र धम्बोझी चोक देखि सेतु बिक चोक सम्म ३ थान गरी १० स्थानमा नो पार्किंग अंकित बोर्ड लगाइएको वरिष्ठ सई पोख्रेलले जानकारी गराउनु भयो ।

नेपालगन्जको अव्यवस्थित पार्किंग व्यवस्थित गर्न स्थानीय व्यापारिसँगको सहकार्यमा हप्ताको ३-३ दिन गरी वन साइड पार्किंग व्यवस्थापन गर्न लागिएको पोख्रेल बताउनु हुन्छ । उहाँ भन्नुहुन्छ”अव्यवस्थित रुपमा पार्किङ गर्नेलाई पहिलो पटक सम्झाइन्छ,तर अटेरी गरेमा नियम अनुसार कारबाही गरिन्छ ।”

जथाभावी गरिने पार्किंग व्यबस्थित गर्ने ट्राफिकको यो कदमले ग्राहकलाई पार्किंग गर्न सजिलो हुने हुँदा यसलाई निरन्तरता दिनुपर्ने घरबारिटोलका कपडा व्यापारी भानु गौतमको भनाई छ । बेला बेलामा बोर्ड हराउने, चोरी हुने समस्याले पार्किंग अव्यवस्थित हुने गर्छ, बोर्ड चोरी गर्नेको पहिचान गरी कारबाही गरे चोरी हुने समस्या कम हुने व्यापारीहरु बताउँछन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर जिरी नगरपालिका वडा नम्बर १ दोलखा बस्ने बिजुली खड्काका छोरा वर्ष२६का शुरेश खड्का हाल रोमानिया मा काम गर्दै आएको खड्काले नेपालीहरूलाई आफुले काम गर्ने कम्पनीमा काम धेरै राम्रो छ काम लगाइ दिन्छु भनेर दाङ जिल्लाबाट कृष्ण बि.क रु 240000 बुदि सुनार रु 240000 एकजना महिला बाट रु 240000 जम्मा रु 720000 ठगी […]

काठमाडौं । नेपाल सरकारले वास्तविक सुकुम्वासीको पहिचान र सुरक्षित व्यवस्थापनपछि मात्र अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा खाली गर्ने स्पष्ट पारेको छ। सरकारले सुकुम्वासीहरूमा देखिएको त्रासप्रति सचेत रहँदै उनीहरूलाई ढुक्क हुन आग्रह गरेको हाे। वर्षायाम नजिकिँदै गर्दा बाढी तथा डुबानको उच्च जोखिममा रहेका बागमती तथा सहायक नदी किनारका बस्तीलाई लक्षित गरी वैशाख १२ गतेदेखि विशेष अभियान […]

काठमाडौं । देशको सुरक्षा संरचनामा महत्वपूर्ण भूमिका खेल्दै आएको सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) यतिबेला ऐतिहासिक मोडमा पुगेको छ। चार वर्षे कार्यकाल पूरा गर्दै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल अनिवार्य अवकाशमा जाँदैछन् भने उनको स्थानमा नारायणदत्त पौडेल ले कमाण्ड सम्हाल्दैछन्। यो परिवर्तन केवल औपचारिक बिदाइ र नियुक्तिमा सीमित नभई संगठनको भावी रणनीति, सुरक्षा चुनौती र […]

error: Content is protected !!