२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

एक कार्यक्रममा सहभागी नयाँ शक्तिका अध्यक्ष बाबुराम भट्टराईलाई द्वन्द्वपीडितहरूले हत्यारा भनेपछि

Logo
ABC-Sanchar प्रकाशित शुक्रबार, जेठ ०९, २०८२

काठमाडौं । नेपाल मानवअधिकार संगठनले आयोजना गरेको कार्यक्रममा द्वन्द्वपीडित, तत्कालीन माओ‌वादी पक्षसँगै सरोकारवालाहरूलाई बोलाइएको थियो।

सामाजिक सञ्जालमा पछ्याउनुहोस्

कार्यक्रमको सुरुमै बोल्ने पालो पाएका डा. भट्टराईले सशस्त्र द्वन्द्वताका भएका घटनामा ‘फर्गिभ एन्ड फर्गेट’को सिद्धान्त अपनाउनुपर्ने बताएका थिए।

उनले माओवादी सशन्त्र युद्धको क्रममा मारिएकामध्ये ८० प्रतिशतलाई नेपाली सेनाले मारेको आरोप लगाएका छन्।

उनले द्वन्द्वका क्रममा तत्कालीन विद्रोही माओवादी पक्षबाट २० प्रतिशत मात्रै मारिएको दाबी गरेका हुन्।

छलफलमा सहभागीहरूले भट्टराईको उक्त अभिव्यक्तिको चर्को विरोध गर्दै उनलाई ‘हत्यारा’ भनेपछि  तत्कालीन विद्रोही माओवादीका नेता भट्टराई लुसुक्क कार्यक्रमस्थलबाट बाहिरिएका थिए।

कार्यक्रम लाजिम्पाटस्थित नेपाली चुलोमा आयोजना भएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।