०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

एक कार्यक्रममा सहभागी नयाँ शक्तिका अध्यक्ष बाबुराम भट्टराईलाई द्वन्द्वपीडितहरूले हत्यारा भनेपछि

Logo
ABC-Sanchar प्रकाशित शुक्रबार, जेठ ०९, २०८२

काठमाडौं । नेपाल मानवअधिकार संगठनले आयोजना गरेको कार्यक्रममा द्वन्द्वपीडित, तत्कालीन माओ‌वादी पक्षसँगै सरोकारवालाहरूलाई बोलाइएको थियो।

सामाजिक सञ्जालमा पछ्याउनुहोस्

कार्यक्रमको सुरुमै बोल्ने पालो पाएका डा. भट्टराईले सशस्त्र द्वन्द्वताका भएका घटनामा ‘फर्गिभ एन्ड फर्गेट’को सिद्धान्त अपनाउनुपर्ने बताएका थिए।

उनले माओवादी सशन्त्र युद्धको क्रममा मारिएकामध्ये ८० प्रतिशतलाई नेपाली सेनाले मारेको आरोप लगाएका छन्।

उनले द्वन्द्वका क्रममा तत्कालीन विद्रोही माओवादी पक्षबाट २० प्रतिशत मात्रै मारिएको दाबी गरेका हुन्।

छलफलमा सहभागीहरूले भट्टराईको उक्त अभिव्यक्तिको चर्को विरोध गर्दै उनलाई ‘हत्यारा’ भनेपछि  तत्कालीन विद्रोही माओवादीका नेता भट्टराई लुसुक्क कार्यक्रमस्थलबाट बाहिरिएका थिए।

कार्यक्रम लाजिम्पाटस्थित नेपाली चुलोमा आयोजना भएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!