१८ बैशाख २०८३, शुक्रबार
01-05-2026 , Fri
×

पूर्वराजा ज्ञानेन्द्र शाहले राजसंस्था पक्षधर ४ जना नेताहरूसँग लञ्च मिटिङ गरे

Logo
Abc Sanchar प्रकाशित शुक्रबार, जेठ ०९, २०८२

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले काठमाडौंको सोल्टी होटलमा बिहीबार राजसंस्था पक्षधर चार जना नेताहरूसँष लञ्च मिटिङ गरेको स्रोतले पुष्टि गरेको छ।

सामाजिक सञ्जालमा पछ्याउनुहोस्
पूर्वराजा शाहसँग भेट्नेमा  संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा र राष्ट्रिय शक्ति नेपालका प्रमुख केशरबहादुर बिष्ट छन्। यसबारे जानकारी राख्ने स्रोतका अनुसार पूर्वराजा शाहले बिहीबार मध्याह्न करिब १ घन्टा यी चार नेताहरूसँग लञ्च मिटिङ गरेका थिए।

 

राजसंस्था पक्षधरहरूले यही जेठ १५ गतेदेखि निर्णायक आन्दोलन गर्ने बताइरहेका बेला पूर्व राजा शाहसँग यी चार नेताको भेट भएको हो। यसअघि पूर्वराजा शाहले नगरकोटमा राजावादी नेताहरूसँग भेट गरेका थिए। त्यस्तै,  वैशाख ५ गते उनले राप्रपाका ७ जना नेताहरूलाई लञ्च खान निर्मल निवासमा नै बोलाएका थिए।

राजसंस्था पक्षधरहरूले राजसंस्था पुनर्स्थापना, हिन्दु राष्ट्र पुनर्स्थापना, संघीयता खारेजीलगायत माग राख्दै आन्दोलन गर्न लागेका हुन्।
देश-संचारबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर जिरी नगरपालिका वडा नम्बर १ दोलखा बस्ने बिजुली खड्काका छोरा वर्ष२६का शुरेश खड्का हाल रोमानिया मा काम गर्दै आएको खड्काले नेपालीहरूलाई आफुले काम गर्ने कम्पनीमा काम धेरै राम्रो छ काम लगाइ दिन्छु भनेर दाङ जिल्लाबाट कृष्ण बि.क रु 240000 बुदि सुनार रु 240000 एकजना महिला बाट रु 240000 जम्मा रु 720000 ठगी […]

काठमाडौं । नेपाल सरकारले वास्तविक सुकुम्वासीको पहिचान र सुरक्षित व्यवस्थापनपछि मात्र अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा खाली गर्ने स्पष्ट पारेको छ। सरकारले सुकुम्वासीहरूमा देखिएको त्रासप्रति सचेत रहँदै उनीहरूलाई ढुक्क हुन आग्रह गरेको हाे। वर्षायाम नजिकिँदै गर्दा बाढी तथा डुबानको उच्च जोखिममा रहेका बागमती तथा सहायक नदी किनारका बस्तीलाई लक्षित गरी वैशाख १२ गतेदेखि विशेष अभियान […]

काठमाडौं । देशको सुरक्षा संरचनामा महत्वपूर्ण भूमिका खेल्दै आएको सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) यतिबेला ऐतिहासिक मोडमा पुगेको छ। चार वर्षे कार्यकाल पूरा गर्दै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल अनिवार्य अवकाशमा जाँदैछन् भने उनको स्थानमा नारायणदत्त पौडेल ले कमाण्ड सम्हाल्दैछन्। यो परिवर्तन केवल औपचारिक बिदाइ र नियुक्तिमा सीमित नभई संगठनको भावी रणनीति, सुरक्षा चुनौती र […]

error: Content is protected !!