०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

पूर्वराजा ज्ञानेन्द्र शाहले राजसंस्था पक्षधर ४ जना नेताहरूसँग लञ्च मिटिङ गरे

Logo
Abc Sanchar प्रकाशित शुक्रबार, जेठ ०९, २०८२

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले काठमाडौंको सोल्टी होटलमा बिहीबार राजसंस्था पक्षधर चार जना नेताहरूसँष लञ्च मिटिङ गरेको स्रोतले पुष्टि गरेको छ।

सामाजिक सञ्जालमा पछ्याउनुहोस्
पूर्वराजा शाहसँग भेट्नेमा  संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा र राष्ट्रिय शक्ति नेपालका प्रमुख केशरबहादुर बिष्ट छन्। यसबारे जानकारी राख्ने स्रोतका अनुसार पूर्वराजा शाहले बिहीबार मध्याह्न करिब १ घन्टा यी चार नेताहरूसँग लञ्च मिटिङ गरेका थिए।

 

राजसंस्था पक्षधरहरूले यही जेठ १५ गतेदेखि निर्णायक आन्दोलन गर्ने बताइरहेका बेला पूर्व राजा शाहसँग यी चार नेताको भेट भएको हो। यसअघि पूर्वराजा शाहले नगरकोटमा राजावादी नेताहरूसँग भेट गरेका थिए। त्यस्तै,  वैशाख ५ गते उनले राप्रपाका ७ जना नेताहरूलाई लञ्च खान निर्मल निवासमा नै बोलाएका थिए।

राजसंस्था पक्षधरहरूले राजसंस्था पुनर्स्थापना, हिन्दु राष्ट्र पुनर्स्थापना, संघीयता खारेजीलगायत माग राख्दै आन्दोलन गर्न लागेका हुन्।
देश-संचारबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!