२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

शुक्रबार तपाईंको राशिफल

Logo
Abc Sanchar प्रकाशित शुक्रबार, जेठ ०९, २०८२

मेष : दिन सामान्य रहेको छ ।ठुलो कामको सुरुवात नगर्नु राम्रो हुनेछ। शिक्षामा गरेको लगानीबाट राम्रो नतिजा प्राप्त हुनेछ। वैदेशिक क्षेत्रमा ठगबाट सचेत हुनुपर्नेछ। प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ। स्वास्थ्यमा भने ख्याल गर्नु पर्नेछ ।

वृष : दिन राम्रो छ। तपाईंको बोलीको प्रभाव पर्नेछ। सामाजिक सेवा र परोपकारमा मन जानेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट उन्नति हुनेछ। परिवारको साथ लिएर गरेको व्यापारबाट फाइदा हुनेछ।

मिथुन : तपाईंका लागि दिन राम्रो छ। पुराना साथीसँग भेट हुनेछ। शिक्षा क्षेत्रमा फाइदा हुने दिन छ। स्वास्थ्यको क्षेत्रमा सुधार हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : शुभ दिन रहेको छ ।सोचेको काम बन्नेछ। शिक्षा क्षेत्रमा मिहिनेतको खाँचो देखिन्छ। साथीको साथ मिल्नेछ। संकटमा परिवारले सहयोग गर्ने योग छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

सिंह : समय सामान्य छ। सहयोगी हात टाढा पुग्ने जोखिम छ। लगानीको क्षेत्रमा हिम्मत गर्नुपर्ने दिन छ। शिक्षामा मिहिनेत धेरै गर्नुपर्ने देखिन्छ। अग्रजको साथ प्राप्त हुनेछ ।

कन्या : दैनिकी सामान्य छ। बोल्दा सोचेर बोल्नुपर्ने छ। तपाईंले गरेको कामको जस अरुले लिने योग छ। बिहान दान गरेर दिनको सुरुवात गर्नु उत्तम हुन्छ। संकटमा साथीको साथ प्राप्त हुनेछ।

तुला : दैनिकी सामान्य राम्रो छ। श्रमको मूल्यांकन हुनेछ। सामाजिक क्षेत्रमा रुचि बढ्नेछ। आर्थिक क्षेत्रमा लगानी भए व्यापार नाफा हुनेछ। वैदेशिक क्षेत्रबाट फाइदा हुने देखिन्छ।

वृश्चिक : समय राम्रो छ। कर्म क्षेत्रमा गरेको लगानीबाट उत्साह बढ्नेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ। बौद्धिक क्षेत्रमा तपाईंको चर्चा हुँदा मन शान्त हुनेछ।

धनु : दिन सामान्य छ। तपाईंले गरेको श्रमको फल अर्कैले खानेछ। लगानी भए शिक्षा र स्वास्थ्यमा तपाईंको उन्नति हुनेछ। परिवारमा खटपटी हुने जोखिम देखिन्छ। कसैलाई पनि पूर्ण विश्वास नगर्नु राम्रो हुन्छ।

मकर : दिन राम्रो छ। व्यापारमा फाइदा हुनेछ। घरजग्गाको कारोबारबाट उन्नति हुनेछ। साथीसँगको भेटले दिन रमाइलो हुनेछ। परिवारलाई समय दिन नसक्दा भने खटपटी बढ्नेछ।

कुम्भ : दिन सामान्य रहेको छ ।झुटा आरोप लाग्ने जोखिम हुनसक्छ। हरेक क्षेत्रमा मिहिनेत बढी नै गर्नुपर्ने दिन छ। शिक्षाको क्षेत्रमा सामान्य प्रगति हुनेछ। परिवारमा भने मनमुटाव बढ्ने योग छ।

मीन : दोधारे बानीले मन अशान्त बन्नेछ। संघर्षबाट सफलता मिल्ने देखिन्छ। परीक्षा लेखेको भए नतिजा राम्रो प्राप्त हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। वैदेशिक लगानी गरेको भए उन्नति हुनेछ। परिवारको साथ प्राप्त हुनेछ।

माधवा शर्मा
ज्योतिषाचार्य तथा वास्तु विद्
9858060799

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]

बाँके । सीमावर्ती क्षेत्र रुपैडियाबाट नेपालतर्फ भित्रिने खुकुरी चुरोटको तस्करी नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले धमाधम पक्राउ गर्न आफू मातहतलाई निर्देशन दिनुभएको छ। भारतमा सस्तो मूल्यमा पाइने नेपाली ब्राण्डकै खुकुरी चुरोट रुपैडिया नाका हुँदै भन्सार छलि गरी नेपाल भित्र्याउने नेपालमा कर तिरेर आएको चुरोटभन्दा सस्तोमा बेचेर नाफा कमाउने एसपी […]

दाङ । प्रोत्साहन कार्यक्रमअन्तर्गत ‘घोराही बनाऔँ अभियान’ र नेपाली जुत्ता घरले मंगलबार घोराही बजारका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा श्रम तथा विभिन्न पेशा–व्यवसायमा सक्रिय व्यक्तिहरूलाई जुत्ता–चप्पल उपहार प्रदान गरेको छ। दैनिक रूपमा श्रम गर्ने, व्यवसाय सञ्चालन गर्ने, सडक तथा बजार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्ने महिला तथा पुरुषहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। […]