०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

शुक्रबार तपाईंको राशिफल

Logo
Abc Sanchar प्रकाशित शुक्रबार, जेठ ०९, २०८२

मेष : दिन सामान्य रहेको छ ।ठुलो कामको सुरुवात नगर्नु राम्रो हुनेछ। शिक्षामा गरेको लगानीबाट राम्रो नतिजा प्राप्त हुनेछ। वैदेशिक क्षेत्रमा ठगबाट सचेत हुनुपर्नेछ। प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ। स्वास्थ्यमा भने ख्याल गर्नु पर्नेछ ।

वृष : दिन राम्रो छ। तपाईंको बोलीको प्रभाव पर्नेछ। सामाजिक सेवा र परोपकारमा मन जानेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट उन्नति हुनेछ। परिवारको साथ लिएर गरेको व्यापारबाट फाइदा हुनेछ।

मिथुन : तपाईंका लागि दिन राम्रो छ। पुराना साथीसँग भेट हुनेछ। शिक्षा क्षेत्रमा फाइदा हुने दिन छ। स्वास्थ्यको क्षेत्रमा सुधार हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : शुभ दिन रहेको छ ।सोचेको काम बन्नेछ। शिक्षा क्षेत्रमा मिहिनेतको खाँचो देखिन्छ। साथीको साथ मिल्नेछ। संकटमा परिवारले सहयोग गर्ने योग छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

सिंह : समय सामान्य छ। सहयोगी हात टाढा पुग्ने जोखिम छ। लगानीको क्षेत्रमा हिम्मत गर्नुपर्ने दिन छ। शिक्षामा मिहिनेत धेरै गर्नुपर्ने देखिन्छ। अग्रजको साथ प्राप्त हुनेछ ।

कन्या : दैनिकी सामान्य छ। बोल्दा सोचेर बोल्नुपर्ने छ। तपाईंले गरेको कामको जस अरुले लिने योग छ। बिहान दान गरेर दिनको सुरुवात गर्नु उत्तम हुन्छ। संकटमा साथीको साथ प्राप्त हुनेछ।

तुला : दैनिकी सामान्य राम्रो छ। श्रमको मूल्यांकन हुनेछ। सामाजिक क्षेत्रमा रुचि बढ्नेछ। आर्थिक क्षेत्रमा लगानी भए व्यापार नाफा हुनेछ। वैदेशिक क्षेत्रबाट फाइदा हुने देखिन्छ।

वृश्चिक : समय राम्रो छ। कर्म क्षेत्रमा गरेको लगानीबाट उत्साह बढ्नेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट राम्रो आम्दानी हुनेछ। बौद्धिक क्षेत्रमा तपाईंको चर्चा हुँदा मन शान्त हुनेछ।

धनु : दिन सामान्य छ। तपाईंले गरेको श्रमको फल अर्कैले खानेछ। लगानी भए शिक्षा र स्वास्थ्यमा तपाईंको उन्नति हुनेछ। परिवारमा खटपटी हुने जोखिम देखिन्छ। कसैलाई पनि पूर्ण विश्वास नगर्नु राम्रो हुन्छ।

मकर : दिन राम्रो छ। व्यापारमा फाइदा हुनेछ। घरजग्गाको कारोबारबाट उन्नति हुनेछ। साथीसँगको भेटले दिन रमाइलो हुनेछ। परिवारलाई समय दिन नसक्दा भने खटपटी बढ्नेछ।

कुम्भ : दिन सामान्य रहेको छ ।झुटा आरोप लाग्ने जोखिम हुनसक्छ। हरेक क्षेत्रमा मिहिनेत बढी नै गर्नुपर्ने दिन छ। शिक्षाको क्षेत्रमा सामान्य प्रगति हुनेछ। परिवारमा भने मनमुटाव बढ्ने योग छ।

मीन : दोधारे बानीले मन अशान्त बन्नेछ। संघर्षबाट सफलता मिल्ने देखिन्छ। परीक्षा लेखेको भए नतिजा राम्रो प्राप्त हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। वैदेशिक लगानी गरेको भए उन्नति हुनेछ। परिवारको साथ प्राप्त हुनेछ।

माधवा शर्मा
ज्योतिषाचार्य तथा वास्तु विद्
9858060799

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!