०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

बाँके जिल्ला ट्राफिक र ईप्रका कोहलपुरले सवारी चालक र सहचालकहरुको आँखा परिक्षण,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, जेठ ०९, २०८२

बाँके । कोहलपुर बसपार्कबाट संचालित सवारी चाकल र सहचालकको निःशूल्क आँखा शिविरको आयोजना गरी आँखाको परिक्षण तथा चेकजाँच गरिएको छ ।

सो कार्यक्रममा ईलाका प्रहरी कार्यालय कोहलपुर बाँके र जिल्ला ट्राफिक प्रहरी कार्यालय कोहलपुर बाँकेको आयोजना तथा कोहलपुर नगरपालिका, फत्तेबाल आँखा अस्पताल बाँके र बागेश्वरी यातायात प्रालीको सहकार्यमा सम्पन्न शिविरमा चालक र सहचालकको आँखा परिक्षण गरिएको हो ।

कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यले सवारी चालकको लागि आँखा स्वस्थ हुन आवश्यक रहेको बताउँदै सवारी चालक र सहचालकको आँखा नियमति रुपमा परिक्षण गर्नुपर्ने बताए । आँखाको चेकजाँचबाट चालक वा सहचालकको आँखाको अप्रेशन गर्नुपर्ने अवस्था आएमा कोहलपुर नगरपालिकाले फत्तेबाल अस्पतालको सहकार्यमा आवश्यक सहयोग गर्ने आचार्यले बताए । “हामी आँखाको अप्रेशन गर्नु परेमा आवश्यक सहयोग गर्न तयार छौं” उनले भने “फत्तेबाल अस्पतालसँग हाम्रो सहकार्य हुनेछ ।”

कार्यक्रममा बोल्दै इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख लक्ष्मी खनालले सवारी दुर्घटना न्यूनीकरणका लागि सहयोग पुग्ने उद्देश्यका साथ आँखा शिविर आयोजना गरिएको बताइ्न । उनले सवारी दुर्घटनाका विभिन्न कारण मध्ये आँखाको कमजोरी पनि एक हुने भएकाले सवारी चालक र सहचालकको आँखा स्वस्थ हुनुपर्ने बताइन्। निःशुल्क स्वास्थ्य चेकजाँच मार्फत चालक सहचालकहरुको आँखा परिक्षण गरिएको उनले बताइन् ।

बाँके जिल्लामा चालु आर्थिक वर्षमा चार सय नौ वटा सवारीसाधान दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कोहलपुर बाँकेका प्रमुख प्रहरी निरीक्षक पुष्करराज पन्तले जानकारी दिए । कार्यक्रममा यातायात व्यवसायी, सवारी चालक लगायत करिब दुई सय जनाले आँखाको परिक्षण गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!