२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

बाँके जिल्ला ट्राफिक र ईप्रका कोहलपुरले सवारी चालक र सहचालकहरुको आँखा परिक्षण,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, जेठ ०९, २०८२

बाँके । कोहलपुर बसपार्कबाट संचालित सवारी चाकल र सहचालकको निःशूल्क आँखा शिविरको आयोजना गरी आँखाको परिक्षण तथा चेकजाँच गरिएको छ ।

सो कार्यक्रममा ईलाका प्रहरी कार्यालय कोहलपुर बाँके र जिल्ला ट्राफिक प्रहरी कार्यालय कोहलपुर बाँकेको आयोजना तथा कोहलपुर नगरपालिका, फत्तेबाल आँखा अस्पताल बाँके र बागेश्वरी यातायात प्रालीको सहकार्यमा सम्पन्न शिविरमा चालक र सहचालकको आँखा परिक्षण गरिएको हो ।

कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यले सवारी चालकको लागि आँखा स्वस्थ हुन आवश्यक रहेको बताउँदै सवारी चालक र सहचालकको आँखा नियमति रुपमा परिक्षण गर्नुपर्ने बताए । आँखाको चेकजाँचबाट चालक वा सहचालकको आँखाको अप्रेशन गर्नुपर्ने अवस्था आएमा कोहलपुर नगरपालिकाले फत्तेबाल अस्पतालको सहकार्यमा आवश्यक सहयोग गर्ने आचार्यले बताए । “हामी आँखाको अप्रेशन गर्नु परेमा आवश्यक सहयोग गर्न तयार छौं” उनले भने “फत्तेबाल अस्पतालसँग हाम्रो सहकार्य हुनेछ ।”

कार्यक्रममा बोल्दै इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख लक्ष्मी खनालले सवारी दुर्घटना न्यूनीकरणका लागि सहयोग पुग्ने उद्देश्यका साथ आँखा शिविर आयोजना गरिएको बताइ्न । उनले सवारी दुर्घटनाका विभिन्न कारण मध्ये आँखाको कमजोरी पनि एक हुने भएकाले सवारी चालक र सहचालकको आँखा स्वस्थ हुनुपर्ने बताइन्। निःशुल्क स्वास्थ्य चेकजाँच मार्फत चालक सहचालकहरुको आँखा परिक्षण गरिएको उनले बताइन् ।

बाँके जिल्लामा चालु आर्थिक वर्षमा चार सय नौ वटा सवारीसाधान दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कोहलपुर बाँकेका प्रमुख प्रहरी निरीक्षक पुष्करराज पन्तले जानकारी दिए । कार्यक्रममा यातायात व्यवसायी, सवारी चालक लगायत करिब दुई सय जनाले आँखाको परिक्षण गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही १५ केवल एउटा सहरको नाम होइन, यो हाम्रो पहिचान, हाम्रो सम्भावना र हाम्रो साझा भविष्य हो। हामीले कस्तो घोराही निर्माण गर्ने भन्ने कुरा सरकार वा स्थानीय तहको मात्रै जिम्मेवारी होइन। यसका लागि यहाँका प्रत्येक नागरिकको सोच, सहभागिता र सक्रियता आवश्यक हुन्छ। अझ विशेषगरी युवाहरूको सिर्जनशील ऊर्जा, नयाँ सोच, क्षमता र नेतृत्वलाई सही […]

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]