२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

शनिबार तपाईंहरुको राशिफल

Logo
Abc Sanchar प्रकाशित शनिबार, जेठ १०, २०८२

मेष : दिन राम्रो छ। साथीभाइको साथले मन खुसि रहनेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा भने समस्या हुने जोखिम छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

वृष : सञ्चित धन खर्च हुनेछ। खर्च बढ्दा मनमा चिन्ता बढ्नेछ। तपाईंको बोलीले आफन्त टाढिने जोखिम छ। स्वास्थ्यमा सुधारका संकेत देखिनेछन्। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : तपाईंको बोलीका कारण महत्त्वपूर्ण काम बन्नेछ। धार्मिक कार्यक्रममा सहभागी हुने अवसर मिल्नेछ। आज तपाईंको आम्दानी बढ्नेछ। इज्जतका लागि सम्पत्ति खर्च गर्ने बानीको त्याग गर्नुपर्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। व्यापारमा गरेको मिहिनेतको फल प्राप्त होला। साथीभाइको साथ मिल्ने भएकाले सोचेको काम गर्न अगाडि बढ्नु उचित हुनेछ।

सिंह : तपाईंले सोचेका काममा अवरोध सिर्जना हुनेछ। अढैया शनिको प्रभावले मन अशान्त बन्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा दैनिकी सहज बन्नेछ।

कन्या : आफूले सोचेको काम नबन्ने जोखिम छ। सामाजिक क्षेत्रमा अपमानित भएको महसुस हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। कृषिजन्य उत्पादनको व्यापारबाट फाइदा हुनेछ।

तुला : उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। शिक्षाको क्षेत्रमा भने ढिलासुस्ती बढ्नेछ। परिवारको सल्लाह लिएर ठुलो कामको सुरुवात गर्नु उचित हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक : प्राविधिक शिक्षामा गरेको प्रयास सफल बन्नेछ। अरुलाई समय दिँदा स्वास्थ्यमा समस्या हुनेछ। खानपानमा समस्या हुने जोखिम छ। राज्यको तर्फबाट भने सेवाको अवसर मिल्नेछ।

धनु : शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ। बौद्धिक व्यक्तिको सल्लाह लिएर अगाडि बढ्नुपर्ने समय छ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। दाम्पत्य जीवन सुखमय बित्नेछ। राजनीतिक क्षेत्रमा सचेत बन्नुपर्नेछ।

मकर : दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। शेयर कारोबारमा घाटा हुनेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ। शिक्षाको क्षेत्रमा गरेको मिहिनेतको फल प्राप्त हुनेछ।

कुम्भ : दिन राम्रो छ। दाजुभाइसँकागे सहकार्यले मन शान्त बन्नेछ। आफ्नो गलत निर्णयले पश्चाताप हुनेछ। मनमा रहेको अशान्ति हटाउन धार्मिक कार्यमा सहभागी हुनु उचित हुनेछ।

मीन : धनलक्ष्मी योग परेको छ। सम्पत्तिको सदुपयोग गर्नुपर्ने छ। तपाईंको राशिमा शनिदेव रहेकाले बोल्दा सचेत बन्नुपर्नेछ। अशान्त मनलाई नियन्त्रण गर्न धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नुपर्नेछ।

माधवा शर्मा
ज्योतिषाचार्य तथा वास्तु विद्
9848060799

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]