२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

भारतीय अभिनेता मुकुल देवको ५४ वर्षको उमेरमा गएराती निधन

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, जेठ १०, २०८२

भारतीय अभिनेता मुकुल देवको ५४ वर्षको उमेरमा गएराती निधन

काठमाडौं । भारत गएराति उनको निधन भएको भारतीय सञ्चार माध्यमले जानकारी दिएका छन्। उनको निधनको कारण खुलेको छैन।

मुकुल देवले ‘दस्तक’ (१९९६) मार्फत बलिउडमा डेब्यु गरेका थिए। यो फिल्म अभिनेत्री सुष्मिता सेनको पनि डेब्यु थियो। उनले ‘सन अफ सरदार’, ‘आर… राजकुमार’, ‘जय हो’, ‘हिम्मतवाला’, ‘इत्तेफाक’ जस्ता चर्चित फिल्महरूमा अभिनय गरेका थिए।

सिनेमासँगै टेलिभिजन तथा वेब सिरिजमा पनि उनको सशक्त उपस्थिति रह्यो। ‘फियर फ्याक्टर इन्डिया’, ‘२१ सरफरोश – सरागढी १८९७’ र ‘स्टेट अफ सिज: २६/११’ जस्ता कार्यक्रमहरूमा उनले आफ्नो अभिनय कला प्रस्तुत गरेका थिए। उनले हिन्दी मात्र होइन, पञ्जाबी, बंगाली र तेलुगु फिल्महरूमा पनि काम गरेका थिए।

मुकुल देव, अभिनेता राहुल देवका भाइ हुन्। सामाजिक सञ्जालमा थुप्रै कलाकारहरूले उनलाई श्रद्धाञ्जली अर्पण गरेका छन्।

अभिनेता मनोज बाजपेयीले एक्समा लेखेका छन्, ‘शब्दमा व्यक्त गर्न सक्दिनँ। उनको कलाप्रति लगाव अतुलनीय थियो।’

अभिनेता सोनु सूदले लेखेका छन्, “मुकुल भाइ तपाईं एक अनमोल व्यक्तित्व हुनुहुन्थ्यो। सधैँ सम्झिरहनेछु।’ नील नितिन मुकेशले पनि आफ्नो दुःख व्यक्त गर्दै राहुल देवको आत्माको चिरशान्तिको कामना गरेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]