२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

भारतीय अभिनेता मुकुल देवको ५४ वर्षको उमेरमा गएराती निधन

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, जेठ १०, २०८२

भारतीय अभिनेता मुकुल देवको ५४ वर्षको उमेरमा गएराती निधन

काठमाडौं । भारत गएराति उनको निधन भएको भारतीय सञ्चार माध्यमले जानकारी दिएका छन्। उनको निधनको कारण खुलेको छैन।

मुकुल देवले ‘दस्तक’ (१९९६) मार्फत बलिउडमा डेब्यु गरेका थिए। यो फिल्म अभिनेत्री सुष्मिता सेनको पनि डेब्यु थियो। उनले ‘सन अफ सरदार’, ‘आर… राजकुमार’, ‘जय हो’, ‘हिम्मतवाला’, ‘इत्तेफाक’ जस्ता चर्चित फिल्महरूमा अभिनय गरेका थिए।

सिनेमासँगै टेलिभिजन तथा वेब सिरिजमा पनि उनको सशक्त उपस्थिति रह्यो। ‘फियर फ्याक्टर इन्डिया’, ‘२१ सरफरोश – सरागढी १८९७’ र ‘स्टेट अफ सिज: २६/११’ जस्ता कार्यक्रमहरूमा उनले आफ्नो अभिनय कला प्रस्तुत गरेका थिए। उनले हिन्दी मात्र होइन, पञ्जाबी, बंगाली र तेलुगु फिल्महरूमा पनि काम गरेका थिए।

मुकुल देव, अभिनेता राहुल देवका भाइ हुन्। सामाजिक सञ्जालमा थुप्रै कलाकारहरूले उनलाई श्रद्धाञ्जली अर्पण गरेका छन्।

अभिनेता मनोज बाजपेयीले एक्समा लेखेका छन्, ‘शब्दमा व्यक्त गर्न सक्दिनँ। उनको कलाप्रति लगाव अतुलनीय थियो।’

अभिनेता सोनु सूदले लेखेका छन्, “मुकुल भाइ तपाईं एक अनमोल व्यक्तित्व हुनुहुन्थ्यो। सधैँ सम्झिरहनेछु।’ नील नितिन मुकेशले पनि आफ्नो दुःख व्यक्त गर्दै राहुल देवको आत्माको चिरशान्तिको कामना गरेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!