२९ मंसिर २०८२, सोमबार
15-12-2025 , Mon
×

अपाङ्गमैत्री संरचना निर्माण सम्बन्धी अन्तरक्रिया रोल्पाको लिबाङमा सम्पन्न

Logo
बिरेन्द्र गिरी प्रकाशित शनिबार, जेठ १०, २०८२

 

रोल्पा । लिबाङ अपाङ्गता भएका व्यक्तिहरूको पहुँच र अधिकार सुनिश्चित गर्न अपाङ्गमैत्री संरचना निर्माणसम्बन्धी अन्तरक्रियात्मक कार्यक्रम आज रोल्पाको लिबाङमा सम्पन्न भएको छ।

रोल्पा नेत्रहीन संघको आयोजनामा तथा सामाजिक विकास डिभिजन कार्यालय, प्युठानको आर्थिक सहयोगमा सम्पन्न कार्यक्रम संघका अध्यक्ष धना घर्ती मगरको अध्यक्षतामा सुरु भएको हो। कार्यक्रमका प्रमुख अतिथि रोल्पा नगरपालिका उपमेयर गीता आचार्य रहनुभएको थियो।

कार्यक्रममा विशिष्ट अतिथि नेकपा माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य तथा पूर्वमेयर पूर्ण केसी ‘करेन्ट’ रहनुभएको थियो।

कार्यक्रमको सहजीकरण नेपाल राष्ट्रिय अपाङ्ग महासंघ, लुम्बिनी प्रदेशका सचिवालय सदस्य तथा केन्द्रीय प्रतिनिधि जुमान सिंह केसीले गर्नुभएको थियो। उहाँले अपाङ्गमैत्री संरचना निर्माणका कानुनी व्यवस्था, स्थानीय तहको भूमिका र कार्यान्वयनका उपायहरूबारे प्रस्ट पार्नुभएको थियो। साथै, अपाङ्गमैत्री सोच र दृष्टिकोण विकास गर्नु आजको आवश्यकता भएको धारणा राख्नुभयो।

उद्योग वाणिज्य संघ रोल्पाका अध्यक्ष केशवराज आचार्य, रेडियो जलजलाका कार्यक्रम प्रमुख वीरेन्द्र गिरी, नेकपा माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य पूर्ण केसीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा बोल्दै उपमेयर गीता आचार्यले, “रोल्पा नगरपालिकाको भवन पूर्णरूपमा अपाङ्गमैत्री भएको छ, तर अन्य संरचनाहरूमा अझै सुधार आवश्यक छ। आगामी दिनमा सम्पूर्ण संरचना अपाङ्गमैत्री बनाइने प्रतिबद्धता व्यक्त गर्दछु,” भन्नुभयो।

कार्यक्रम सञ्चालन रोल्पा नेत्रहीन संघका सचिव शिशिर डागीले गर्नुभएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

काठमाडौं । धेरै जसो नेपालीका छोराछोरी अमेरिका, अस्ट्रेलिया, क्यानडा,बेलायतलगायत विकसित मुलुकमा छन्। उनीहरु पढ्न अर्थात् अध्ययन भिसामा त्यता गएका हुन्। पढ्न भनेर गएपनि नेपाली विद्यार्थीहरु त्यहाँ काम गर्ने गर्छन्। तर, अहिले छोराछोरी विकसित मुलुकमा रहेका अभिभावकहरु भन्छन्, ‘त्यहाँको सरकारले काम गर्नै दिएको छैन रे। काम गर्न नपाएपछि पैसा हुँदैन। यताबाट पठाउन पनि पैसा छैन। कलेज […]

कपिलवस्तु । प्रहरी र प्रशासनका उच्च अधिकारीहरूसँग चिनजान रहेको भन्दै हिरासतमा रहेका व्यक्तिको मुद्दा मिलाइदिने प्रलोभन देखाई रकम ठगी गर्ने दुई जनालाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ। कुटपिट तथा ज्यान मार्ने उद्योग मुद्दामा थुनामा रहेका प्रलाहद केवटकी श्रीमतीसँग मुद्दा दर्ता गर्न नदिने र मिलाइदिने भन्दै १० हजार रुपैयाँ असुल्ने बुद्धभुमी नगरपालिका–१० का ५० वर्षीय अयोध्यालाल […]

error: Content is protected !!