२४ माघ २०८२, शनिबार
07-02-2026 , Sat
×

(रास्वपा) कार्यवाहक सभापति डोल प्रसाद अर्याल रवि लामिछानेलाई भेट्न रुपन्देही पुगे

Logo
Abc Sanchar प्रकाशित शनिबार, जेठ १०, २०८२

 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टिका कार्यवाहक सभापति डोल प्रसाद अर्याल रसुवाको कार्यक्रम छोडेर सभापति रवि लामिछानेलाई भेट्न रुपन्देही पुगेका छन् । उनको आज रसुवा जिल्ला भेलालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको भएपनि उनले त्यहाँ अन्य नेताहरुलाई पठाएर आफू रुपन्देही तर्फ लागेका रास्वपाका एक नेताले जानकारी दिए ।

शुक्रबार सर्वोच्च अदालतले सभापति रवि लामिछानेलाई थुनमुक्त गर्न अस्वीकार गरेपछि उनी आफ्ना अन्य सारा काम छोडेर रुपन्देही कारागार पुगेको बताइएको छ । सर्वोच्चको आदेशलगत्तै रास्वपाको केन्द्रीय सचिवालय बैठक बसेको थियो ।

उक्त बैठकले आज  दिउँसो ३ बजे पार्टी सचिवालयको भर्चुअल बैठक र ४ बजे केन्द्रीय समितिको भर्चुअल बैठक गर्ने निर्णय गरेको छ । त्यस्तै आइतबार दिउँसो २ बजे पार्टी कार्यालयमा  केन्द्रीय समितिको बैठक बस्ने बताइएको छ । सचिवालय र केन्द्रीय समिति बैठक अघि कार्यावाहक सभापति डिपी अर्याल सभापति रवि लामिछानेलाई भेटेर फर्किएका हुन् ।

सर्वोच्चको आदेशपछि रास्वपाभित्र बिभिन्न बहस सुरु भएका छन् । केन्द्रीय समिति बैठकमा पार्टीको आगामी रणनीति सम्बन्धी विषयमा छलफल हुने बताइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधि सभाको फागुन २१ मा हुन गइरहेको निर्वाचनमा सुरक्षा तयारीबारे सुरक्षा निकायहरूको तर्फबाट ब्रिफिङ लिएका छन् । मन्त्री अर्यालले चुनावमा सुरक्षा जोखिम आँकलन गरी सुरक्षा व्यवस्था चुस्त राख्न सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन पनि दिएका छन् । प्रतिनिधिसभा निर्वाचनको तयारीमा केन्द्रित रहेको गृह मन्त्रालयमा शुक्रबार गृहमन्त्रीको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको […]

काठमाडौं । नेपाल प्रहरी महानिरीक्षक दान बहादुर कार्कीज्यूको उपस्थितिमा वार्षिकय कार्यसम्पादन सम्झौता सम्पन्न २०८२/०८३ को अर्ध वार्षिक कार्य प्रगती समीक्षा कार्यक्रम शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयमा सम्पन्न भएको छ । कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले सांगठनिक हित र संस्थागत विकासका निमित्त संगठनका प्राथमिकताहरू पहिचान गरी कार्ययोजनामा भएका क्रियाकलापहरूलाई गुणस्तरीय रूपमा सम्पादन गर्नुपर्ने बताउनुभयो । वार्षिक लक्ष्य […]

बर्दिया । लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक भूपेन्द्र बहादुर खत्रीद्वारा जिल्ला प्रहरी कार्यालय, बर्दियाको अनुगमन गर्नुभई निर्वाचन सुरक्षा, अपराध नियन्त्रण, शान्ति–सुरक्षा कायम, ट्राफिक व्यवस्थापन, लागुऔषध नियन्त्रण, सिमा अपराध नियन्त्रण, महिला, बालबालिका, जेष्ठ नागरिकको संरक्षण तथा विपद् व्यवस्थापन लगायतका समसामयीक विषयमा आवश्यक निर्देशन सम्बोधन गर्नु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुल्सीपुर दाङले जानकारी दिएको […]

error: Content is protected !!