२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्यो,

Logo
ABC-Sanchar प्रकाशित शनिबार, जेठ १०, २०८२

 

काठमाडौं । शनिबार जारी एक विज्ञप्तिमा रास्वपाले हालै ‘भिजिट भिसा’ को नाममा भइरहेको मानव तस्करी प्रकरणमा गृहमन्त्री र उनका सचिवालयको संलग्नता सार्वजनिक भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै तत्काल राजीनामा दिन गृहमन्त्रीलाई आग्रह गरेको हो।

विज्ञप्तिमा भनिएको छ, ‘विगतमा सांसद रमेश लेखकले नै सदनमा, “प्रश्न उठेपछि राजीनामा दिएर छानबिनमा सघाउनु पर्छ” भनेर विभिन्न दृष्टान्त सम्झाउनु भएको कुरा आज उहाँलाई नै स्मरण गराउँदै यथाशीघ्र गृहमन्त्रीको पदबाट राजीनामा दिएर यस विषयमा निष्पक्ष अनुसन्धानलाई सघाउन माग गर्दछौं ।’
साथै यस मुद्दालाई लिएर आगामी दिनमा सदन अवरुद्ध हुँदा त्यसले उत्पन्न गर्ने नेपाली राजनीतिप्रति घृणाको कारक नहुन पनि सरकारलाई सुझाव दिएको छ ।

विज्ञप्तिमा पार्टी सभापति रवि लामिछानेसम्बन्धी सर्वोच्च अदालतको हालैको आदेशबारे समेत प्रतिक्रिया दिइएको छ। सर्वोच्चले शुक्रबार तुलसीपुर उच्च अदालतको आदेशलाई सदर गरेसँगै रास्वपाले उक्त निर्णय कानुनी रूपमा स्वीकार गर्ने जनाएको छ। तर, सहकारी मुद्दामा रवि लामिछानेको भूमिकालाई तथ्यहीन र जबरजस्ती जोडिएको आशंका र्टीले व्यक्त गरेको छ।

विज्ञप्तिमा भनिएको छ, ‘सहकारी वचतकर्ताको अर्बौं रकम अपचलनमा संलग्नहरूलाई गरिएको व्यवहार र कम्पनी ऐन अनुसार हेर्नुपर्ने मुद्दालाई जबरजस्ती सहकारीसँग जोडिएर निर्णय भएछ कि भन्ने आशंका छ। राजनीतिक प्रतिशोध र राज्यले अनावश्यक पीडा दिइरहँदा अदालतबाट न्याय पाइन्छ भने जनविश्वास कमजोर नबनोस् भन्ने हाम्रो चिन्ता छ।’

यसैबीच, रास्वपाको केन्द्रीय समितिको आकस्मिक भर्चुअल बैठक शनिबार अपराह्न ४ बजे बसेको र अर्को बैठक जेठ ११ गते दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय, वनस्थलीमा हुने समेत पार्टी कार्यवाहक प्रवक्ता मनिष झाद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]