०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्यो,

Logo
ABC-Sanchar प्रकाशित शनिबार, जेठ १०, २०८२

 

काठमाडौं । शनिबार जारी एक विज्ञप्तिमा रास्वपाले हालै ‘भिजिट भिसा’ को नाममा भइरहेको मानव तस्करी प्रकरणमा गृहमन्त्री र उनका सचिवालयको संलग्नता सार्वजनिक भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै तत्काल राजीनामा दिन गृहमन्त्रीलाई आग्रह गरेको हो।

विज्ञप्तिमा भनिएको छ, ‘विगतमा सांसद रमेश लेखकले नै सदनमा, “प्रश्न उठेपछि राजीनामा दिएर छानबिनमा सघाउनु पर्छ” भनेर विभिन्न दृष्टान्त सम्झाउनु भएको कुरा आज उहाँलाई नै स्मरण गराउँदै यथाशीघ्र गृहमन्त्रीको पदबाट राजीनामा दिएर यस विषयमा निष्पक्ष अनुसन्धानलाई सघाउन माग गर्दछौं ।’
साथै यस मुद्दालाई लिएर आगामी दिनमा सदन अवरुद्ध हुँदा त्यसले उत्पन्न गर्ने नेपाली राजनीतिप्रति घृणाको कारक नहुन पनि सरकारलाई सुझाव दिएको छ ।

विज्ञप्तिमा पार्टी सभापति रवि लामिछानेसम्बन्धी सर्वोच्च अदालतको हालैको आदेशबारे समेत प्रतिक्रिया दिइएको छ। सर्वोच्चले शुक्रबार तुलसीपुर उच्च अदालतको आदेशलाई सदर गरेसँगै रास्वपाले उक्त निर्णय कानुनी रूपमा स्वीकार गर्ने जनाएको छ। तर, सहकारी मुद्दामा रवि लामिछानेको भूमिकालाई तथ्यहीन र जबरजस्ती जोडिएको आशंका र्टीले व्यक्त गरेको छ।

विज्ञप्तिमा भनिएको छ, ‘सहकारी वचतकर्ताको अर्बौं रकम अपचलनमा संलग्नहरूलाई गरिएको व्यवहार र कम्पनी ऐन अनुसार हेर्नुपर्ने मुद्दालाई जबरजस्ती सहकारीसँग जोडिएर निर्णय भएछ कि भन्ने आशंका छ। राजनीतिक प्रतिशोध र राज्यले अनावश्यक पीडा दिइरहँदा अदालतबाट न्याय पाइन्छ भने जनविश्वास कमजोर नबनोस् भन्ने हाम्रो चिन्ता छ।’

यसैबीच, रास्वपाको केन्द्रीय समितिको आकस्मिक भर्चुअल बैठक शनिबार अपराह्न ४ बजे बसेको र अर्को बैठक जेठ ११ गते दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय, वनस्थलीमा हुने समेत पार्टी कार्यवाहक प्रवक्ता मनिष झाद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!