२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

मानपुर गौरिडाडा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको दोश्रो साधारणसभा सम्पन्न

Logo
सागर रोका प्रकाशित आइतबार, जेठ ११, २०८२

मानपुर । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १५, १६ र १७ मा सेवा प्रवाह गर्दै आएको मानपुर गौरीडाँडा खानपानी उपभोक्ता तथा सरसफाई समितिको दोस्रो साधारणसभा शनिबार भएको छ ।

संस्थाका अध्यक्ष भुपबहादुर केसीको अध्यक्षता तथा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । त्यस अवसरमा प्रमुख अतिथि चौधरीले निःशुल्क खानेपानीको ब्यबस्था गर्नुपर्ने बताए । सोही अनुसार आफूले कदम चालेको चौधरीको भनाई थियो ।

कार्यक्रममा विशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्साल,खानेपानी तथा सरसफाई कार्यालय दाङका प्रमुख तिलक न्यौपाने, राष्ट्रिय खानेपानी उपभोक्ता महासंघका केन्द्रीय अध्यक्ष खेमराज वली,तुलसीपुर १६ का वडाध्यक्ष शिवानन्द डाँगी,समितिका सल्लाहकार तुलसी गिरी, जग्गादाता अमरराज रेग्मीलगायत बिभिन्न राजनीतिक दल तथा संघसंस्थाका प्रतिनिधिहरुले मन्तब्य ब्यक्त गरेका थिए ।

त्यस अबसरमा खानेपानीको नवनिर्मित भवन समेत संस्थालाई हस्तान्तरण गरिएको थियो ।

जिल्ला खानेपानी उपभोक्ता तथा सरसफाई कार्यालयले सोही अवसरमा भवन तथा नवनिर्मित धारा कार्यालयलाई हस्तान्तरण गरेको हो ।

सोही खानेपानीले ४२० धाराबाट तीन हजार बढिलाई खानेपानी सेवा पुर्याउँदै आएको सचिब मिनराज वलीले बताए । गौरीडाँडाको एउटा ओभरहेड ट्याङ्की र डिपबोरिङ तथा लालपुरको डिपवोरिङले त्यहाँ खानेपानी आपूर्ति भइरहेको उनको भनाई छ ।

सोहीबाट ६ सय १४ घरधुरीलाई पानी दिन सकिने भएपनि बाँकी घरहरुमा धारा जडान गर्न नसकिएको उनले बताए ।

तर, निकट भबिष्यमै ति घरहरुमा धारा जडान गरिने समेत उनले प्रतिवेदनमा उल्लेख गरेका छन् । हाल खानेपानी सुद्धताकालागि डोजिङ मेसिन समेत जडान गरिएको छ ।

सदस्य प्रेमलाल खत्रीले स्वागत मन्तब्य ब्यक्त गरेका थिए । भने  कार्यक्रम सहजीकरण सचिब मिनराज वलीले गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।