नेपाल प्रहरीका एआईजी लालमणि आचार्यको ५६ वर्षको उमेरहदका कारण अवकाश
काठमाडौं । एआईजी लालमणि आचार्यको स्थानमा डीआईजी सिद्धिविक्रम शाहको बढुवा सिफारिस भइसकेको छ।
११ जेठ, काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) लालमणि आचार्यको अवकाश भएको छ ।
प्रहरी नियमावली २०७१ मा उल्लेख भएको एआईजीको ५६ वर्षे उमेरहदका कारण उनको अनिवार्य अवकाश भएको हो । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा एसएसपी रमेश थापाले १० जेठबाट आचार्यको अवकाश भएको बताए ।
एआईजी आचार्यलाई आज आइतबार प्रहरी महानिरीक्षक दीपक थापाले बिदाइ गर्ने कार्यक्रम रहेको छ । आचार्य एआईजी बढुवा भएपछि कार्य विभागका कार्यरत थिए ।
उनको ठाउँमा रिक्त हुने पदका लागि यसअघि नै डीआईजी सिद्धिविक्रम शाहको बढुवा सिफारिस भइसकेको छ ।