२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले लाखौँ जनता सडकमा आए एकैदिनमा गणतन्त्र समाप्त हुने

Logo
ABC-Sanchar प्रकाशित सोमबार, जेठ १२, २०८२

 

काठमाडौं । सोमबार काठमाडौँमा आयोजित युवासँग राप्रपा कार्यक्रममा लिङ्देनले भारतमा १९० वर्ष पुरानो ब्रिटिस शासन भद्र अवज्ञाको बाटोबाटै अन्त्य भएको उदाहरण दिँदै दुई दशक नपुगेको गणतन्त्र लाखौँ जनता सडकमा आए एकै दिनमा समाप्त हुने बताएका हुन् ।

भद्र अवज्ञा, सत्याग्रह र शान्तिपूर्ण आन्दोलनबाट अहिलेको व्यवस्थालाई हटाएर छाड्ने उनले बताए ।  अध्यक्ष लिङदेनले अहिलेको व्यवस्थाप्रति जनतामा चरम असन्तुष्टि रहेको भन्दै यही अवस्था रहे बर्षौसम्म पनि अनुभूति हुनेगरी परिवर्तन महसुस गर्न नपाउने धारणा राखे ।

उनले देश बिग्रिए केपी ओली, शेरबहादुर देउवा वा प्रचण्डको केही नबिग्रने तर युवाहरू भविष्य भने बिग्रने भएकाले युवाहरू नै सचेत भएर अघि बढ्नुपर्नेमा जोड दिए ।  अध्यक्ष लिङ्दनेले अहिलेका दलबाट देश थप जटिल अवस्थामा पुग्ने भएकाले समयमा नै व्यवस्था परिवर्तन गर्नुपर्ने बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]