२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

मकवानपुरमा बसको ठक्करबाट २ जनाको मृत्यु,४ जना घाईते,

Logo
ABC-Sanchar प्रकाशित मंगलबार, जेठ १३, २०८२

हैटौंडा। त्रिभुवन राजपथ सडकखण्ड अन्तर्गत मकवानपुरको थाहा नगरपालिका-३ स्थित विद्युत प्राधिकरणमा आज साँझ ७ बजे बसको ठक्करबाट २ जनाको मृत्यु भएको छ।

घटनामा अन्य ४ जना घाईते भएका छन्। घाईते मध्य २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

बसको ठक्करबाट हाल वतन नखुलेको अन्दाजी बर्ष ३५।४० का कृष्ण बलामी र सोही उमेरका लोकेन्द्रकुमार ठाकुरको मृत्यु भएको हो।

उनिहरुको प्राथमिक स्वास्थ्य केन्द्र पालुङमा उपचारको क्रममा साँझ ७ बजेर २५ मिनेट जाँदा मृत्यु भएको र शव सोही स्वास्थ्य केन्द्रमा रहेको प्रहरीले जनाएको छ।

त्यस्तै हाल वतन नखुलेको अन्दाजी बर्ष ३५/३६ का रघुनन्दन यादव र कमलेशकुमार साहको अवस्था गम्भीर रहेको छ। उनिहरुलाई उपचारार्थ काठमाडौस्थित ट्रमा सेन्टरमा पठाईएको छ।

घटनामा सामान्य घाईते भएका बाराको जीतपुर-सिमरा उपमहानगरपालिका-१७ का ३२ वर्षिय छेयाङ दोर्ज लामा र बाराकै कोल्हवी नगरपालिका-१ का ३० वर्षिय रामगुलाम चौधरीको प्राथमिक स्वास्थ्य केन्द्र पालुङमै उपचार भैरहेको छ।

प्रहरीका अनुसार गोपाली गाँउबाट थानाबजारतर्फ जाँदै गरेको बा ३ ख ५९९० नम्बरको बसको ब्रेक फेल भई सडकमा हिडिरहेका ब्यक्तिहरुलाई ठक्कर दिई थाहा नगरपालिकाका उप-मेयर भरत गोपालिको घर भित्र पसेको थियो।

ईलाका प्रहरी कार्यालय पालुङबाट प्रहरी निरीक्षक सबिनबाबु अर्यालको कमाण्डमा खटिएको प्रहरी टोलिले घाईतेहरुको उद्वार गरि अस्पताल तर्फ पठाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता श्यामु अर्यालले जानकारी दिए।

बस चालक थाहा-५ बसन्त बस्ने बर्ष २९ का राजेश कार्की प्रहरी नियन्त्रणमा रहेको डिएसपी अर्यालले बताएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]

बाँके । सीमावर्ती क्षेत्र रुपैडियाबाट नेपालतर्फ भित्रिने खुकुरी चुरोटको तस्करी नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले धमाधम पक्राउ गर्न आफू मातहतलाई निर्देशन दिनुभएको छ। भारतमा सस्तो मूल्यमा पाइने नेपाली ब्राण्डकै खुकुरी चुरोट रुपैडिया नाका हुँदै भन्सार छलि गरी नेपाल भित्र्याउने नेपालमा कर तिरेर आएको चुरोटभन्दा सस्तोमा बेचेर नाफा कमाउने एसपी […]

दाङ । प्रोत्साहन कार्यक्रमअन्तर्गत ‘घोराही बनाऔँ अभियान’ र नेपाली जुत्ता घरले मंगलबार घोराही बजारका विभिन्न चोक तथा सार्वजनिक क्षेत्रमा श्रम तथा विभिन्न पेशा–व्यवसायमा सक्रिय व्यक्तिहरूलाई जुत्ता–चप्पल उपहार प्रदान गरेको छ। दैनिक रूपमा श्रम गर्ने, व्यवसाय सञ्चालन गर्ने, सडक तथा बजार क्षेत्रमा विभिन्न सेवा प्रदान गर्ने महिला तथा पुरुषहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको हो। […]