१८ बैशाख २०८३, शुक्रबार
01-05-2026 , Fri
×

अख्तियारको अध्यागमनमा स्टिङ अपरेसन गृहमा विवादित कर्मचारीहरुको सरुवा

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, जेठ १३, २०८२

अख्तियारको अध्यागमनमा स्टिङ अपरेसन गृहमा विवादित कर्मचारीहरुको सरुवा

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित अध्यागमन कार्यालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नाममा करोडौं रुपैयाँ घुस असुल गरेपछि ‘स्टिङ अपरेसन’ गर्नुपरेको बताएको छ।

अध्यागमन कार्यालय पुगेका सहसचिव तीर्थराज भट्टराईले अख्तियारका नाममा करोडौं रुपैयाँ घुस असुलेको निष्कर्षमा आयोग पुगेपछि छानबिन अगाडि बढेको हो। ‘अख्तियारका नाममा घुस असुलेको अडियो आयो। त्यसका लागि छुट्टै मोबाइल नम्बर प्रयोग गरेको पाइयो। त्यसपछि स्टिङ अपरेसन गरिएको हो। अहिलेको अप्रेसनले गृह मन्त्रालयका केही कर्मचारीलाई पनि अनुसन्धानमा तानेको छ,’ अख्तियार स्रोतले भन्यो।

अख्तियारका अनुसार उनले दोस्रो व्यक्तिका नाममा सिमकार्ड निकालेर ट्राभल एजेन्सीलाई मात्र दिएका थिए। त्यही मोबाइल नम्बरबाट गतिविधि सञ्चालन गर्ने गरिएका थियो। ग्रिनाइन होलिडेज ट्राभलका बालकृष्ण खड्काले ह्वाट्सएपमा सूची पठाउने गरेका थिए।

उनले पठाएको सूचीअनुसार असुल गरिएको रकम कविता पौडेलको बैंक खातामा जम्मा गर्ने गरेको खुलेको छ। साथै भक्तपुरका खगेन्द्र सुवेदीले पनि सो रकम परिचालन गर्ने तथा सहसचिव भट्टराईले निर्धारण गरेका व्यक्तिलाई पठाउने गरेका थिए। ‘सुवेदीले नै गृह मन्त्रालयका कर्मचारीलाई रकम बाँडफाँट गरेको पाइयो,’ स्रोतले भन्यो।

गृहमन्त्री रमेश लेखकले त्यसमा आफ्नो संलग्नता नभएको बताइसकेका छन्। आफ्नो सचिवालयमा रहेका कर्मचारी र उनको स्वकीय सचिव जनक भट्टले रकम बार्गेनिङ गरिहेको समाचार सार्वजनिक भएका कारण मन्त्री लेखकलाई अप्ठ्यारो परेको छ।

यसैलाई आधार मानेर उनीमाथि औंलो ठड्याउने काम भएको छ। ‘गृहमन्त्रीज्यूले आफू संलग्न छैन भन्नुभएको छ तर गृहको प्रशासन महाशाखाले नै त्यहाँ कर्मचारी पठाउने गरेको छ। तिनै प्रशासन महाशाखाका छवि रिजाललाई विज्ञप्ति जारी गर्न लगाइएको छ, जो अख्तियारको राडारमा समेत परेका छन्,’ अख्तियार स्रोतले भन्यो।
नागरिक दैनिकबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । तुल्सीपुर जिरी नगरपालिका वडा नम्बर १ दोलखा बस्ने बिजुली खड्काका छोरा वर्ष२६का शुरेश खड्का हाल रोमानिया मा काम गर्दै आएको खड्काले नेपालीहरूलाई आफुले काम गर्ने कम्पनीमा काम धेरै राम्रो छ काम लगाइ दिन्छु भनेर दाङ जिल्लाबाट कृष्ण बि.क रु 240000 बुदि सुनार रु 240000 एकजना महिला बाट रु 240000 जम्मा रु 720000 ठगी […]

काठमाडौं । नेपाल सरकारले वास्तविक सुकुम्वासीको पहिचान र सुरक्षित व्यवस्थापनपछि मात्र अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा खाली गर्ने स्पष्ट पारेको छ। सरकारले सुकुम्वासीहरूमा देखिएको त्रासप्रति सचेत रहँदै उनीहरूलाई ढुक्क हुन आग्रह गरेको हाे। वर्षायाम नजिकिँदै गर्दा बाढी तथा डुबानको उच्च जोखिममा रहेका बागमती तथा सहायक नदी किनारका बस्तीलाई लक्षित गरी वैशाख १२ गतेदेखि विशेष अभियान […]

काठमाडौं । देशको सुरक्षा संरचनामा महत्वपूर्ण भूमिका खेल्दै आएको सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) यतिबेला ऐतिहासिक मोडमा पुगेको छ। चार वर्षे कार्यकाल पूरा गर्दै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल अनिवार्य अवकाशमा जाँदैछन् भने उनको स्थानमा नारायणदत्त पौडेल ले कमाण्ड सम्हाल्दैछन्। यो परिवर्तन केवल औपचारिक बिदाइ र नियुक्तिमा सीमित नभई संगठनको भावी रणनीति, सुरक्षा चुनौती र […]

error: Content is protected !!