१८ बैशाख २०८३, शुक्रबार
01-05-2026 , Fri
×

बेलायतमा जहाँजबाट १० हजार फिट माथिबाट खसेर एक महिलाको मृत्यु,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, जेठ १४, २०८२

काठमाडौं । बेलायत आइतबार ३२ वर्षीय जेड डेमेरलको ‘स्काइ डाइभिङ’ का क्रममा १० हजार फिट माथिबाट जमिनमा बजारिएर मृत्यु भएको हो ।

उनी अनुभवी ‘स्काइ डाइभर’ थिइन् । उनले ४०० पटकभन्दा बढी हामफालिसकेको बताइएको छ ।

मृत्यु हुनुभन्दा अघिल्लो रातमात्र प्रेमीसँग उनको ‘ब्रेकअप’ भएको थियो । एक रात अघि जेडका प्रेमी बेन गुडफेलोले उनीसँगको सम्बन्ध तोडेको बताइएको छ ।

जेडका एक साथीका अनुसार दुवै सँगै बस्थे । उनीहरू स्काइ डाइभिङ पनि सँगै गर्थे । यद्यपि, सो घटनाको दिन उनका प्रेमी बेन कामको सिलसिलामा अन्तै गएको र जेड भने स्काइ डाइभिङमा गएको बताइएको छ ।

जेडले आफूसँग भएको प्यारासुट जानाजान नखोलेको हुन सक्ने अनुमान गरिएको छ । अनुसन्धान अधिकृतहरूका अनुसार प्यारासुट लगायत उनका उपकरणमा कुनै खराबी नरहेको पाइएको छ ।

जेडले लेखेको एक नोटसमेत फेला परेको अधिकारीहरूले जनाएका छन् । उक्त नोटमा उनले ब्रेकअपको चर्चा गरेको जनाइएको छ ।
एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल सरकारले वास्तविक सुकुम्वासीको पहिचान र सुरक्षित व्यवस्थापनपछि मात्र अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा खाली गर्ने स्पष्ट पारेको छ। सरकारले सुकुम्वासीहरूमा देखिएको त्रासप्रति सचेत रहँदै उनीहरूलाई ढुक्क हुन आग्रह गरेको हाे। वर्षायाम नजिकिँदै गर्दा बाढी तथा डुबानको उच्च जोखिममा रहेका बागमती तथा सहायक नदी किनारका बस्तीलाई लक्षित गरी वैशाख १२ गतेदेखि विशेष अभियान […]

काठमाडौं । देशको सुरक्षा संरचनामा महत्वपूर्ण भूमिका खेल्दै आएको सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) यतिबेला ऐतिहासिक मोडमा पुगेको छ। चार वर्षे कार्यकाल पूरा गर्दै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल अनिवार्य अवकाशमा जाँदैछन् भने उनको स्थानमा नारायणदत्त पौडेल ले कमाण्ड सम्हाल्दैछन्। यो परिवर्तन केवल औपचारिक बिदाइ र नियुक्तिमा सीमित नभई संगठनको भावी रणनीति, सुरक्षा चुनौती र […]

बाँके । जिल्ला प्रहरी कार्यालयले इन्डियाबाट अबैध रुपमा नेपालगञ्ज ल्याउने तयारी अवस्थामा रहेका कुखुरा र माछा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रमेश विष्टले साइकलमा ल्याउँदै गरेको अवस्थामा ३० थान अवैध कुखुरा र माछा बरामद गरिएको जनाउँदै कुखुरा ल्याउने व्यक्तिहरू प्रहरी देख्ने बित्तिकै भाग्ने गरेका बताए। साइकल वा मोटरसाइकलमा अवैध रूपमा कुखुरा ल्याउने […]

error: Content is protected !!