काठमाडौं । गाजा कार्यालयले मंगलबार अमेरिका र इजरायल समर्थित समूहद्वारा सञ्चालित गाजामा रहेको सहायता वितरण केन्द्रमा आक्रमण गरिएको जनाएको हो।
एक वरिष्ठ अधिकारीले संयुक्त राष्ट्र संघले यसबारे जानकारी सङ्कलन गरिरहेको भन्दै गोली लागेर धेरै मानिस घाइते भएको बताए। ‘गोलीबारी इजरायल रक्षा बल (आईडीएफ)द्वारा गरिएको थियो,’ ती अधिकारीले भने।
गाजाको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले एक जनाको मृत्यु भएको र ४८ जना घाइते भएको जनाएको छ। आईडीएफले यस विषयमा अनुसन्धान गरिरहेको बताएको छ।
आईडीएफका प्रवक्ताले सेनाले दक्षिणी शहर रफाहमा रहेको गाजा मानवीय फाउन्डेसन स्थल बाहिर हावामा चेतावनी गोली चलाएको बताए। तर उनले सर्वसाधारणमाथि कुनै गोली नचलाइएको बताए। एजेन्सी