२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

ईप्रका रामपुर पाल्पाका प्रमुख प्रहरी निरीक्षक नेपालीको कमान्डमा २ जना टोले गुण्डा पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, जेठ १५, २०८२

 

पाल्पा । बुधबार बिहान १ बजेर १० मिटनको समयमा प्रहरी निरीक्षक (ईन्स्पेक्टर) रामबहादुर नेपालीको कमाण्डमा खटिएको प्रहरी टोलीले २५ वर्षीय आदेश रानालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सन्दीप बेल्बासेद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । आदेश रानासँगै उनका साथी २५ वर्षीय धनबहादुर दर्लामी पनि पक्राउ परेका छन् ।

प्रहरी टोलीले आदेश राना र धनबहादुर दर्लामीलाई रामपुर नगरपालिका वडा नं. ४ अधेरीखोलास्थित कालीगण्डकी करिडोर सडकखण्डबाट पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ ।

मंगलबार राति लु ३ च ७२६१ नम्बरको पिकअप गाडीमा नवलपरासीको सुनवल नगरपालिका वडा नं. १२ भुमहीबाट घरमा पाल्नको लागि जर्सी गाई लोड गरी स्याङ्जाको चापाकोट नगरपालिका वडा नं. ५ साखर भन्ने स्थानमा जाने क्रममा टोले गुण्डा आदेश रानाले बाटो छेकेर गाडी र जर्सी गाईका धनीसँग पैसा माग गरेर धम्की दिनुका साथै गाली गलौज गरी हातपात समेत गरेको प्रहरी निरीक्षक बेल्बासेले बताएका छन् ।

टोले गुण्डा आदेश राना र उनका साथी धनबहादुर दर्लामीले अबैध रुपमा असुली धन्दाको कार्य गरेको तथा कुटपिट गरेको भन्ने सूचना पाउना साथ इलाका प्रहरी कार्यालय रामपुरका प्रमुख (ईन्स्पेक्टर) नेपालीको कमाण्डमा खटिएको प्रहरी टोलीले पक्राउ गरेर ल्याएको थियो ।

आदेश राना र धनबादुर दर्लामीलाई पाल्पा जिल्ला अदालतमा उपस्थित गराई थप अनुसन्धानका लागि म्याद थप भएको विज्ञप्तिमा उल्लेख छ ।

टोले गुण्डा आदेश रानाले पाल्पाको रामपुर क्षेत्रमा गुण्डागर्दी, झै–झगडा, लुटपाट, कुटपिट, धम्की, अबैध असुली लगायतका गैरकानूनी कार्य गर्दै आएका थिए । आदेश राना प्रहरीको उच्च निगरानीमा थिए ।

एसपी पवनकुमार भट्टराईले जिल्ला प्रहरी कार्यालय पाल्पाको कमाण्ड सम्हालेको केही दिनभित्रै गुण्डा नाइके आदेश राना आपराधिक कार्य गरेका बेला पक्राउ परेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]