२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

बारा प्रहरीले ट्रामाडोल र ओनेरेक्स कारसहित दुई जना भारतीय नागरिक पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, जेठ १६, २०८२

बारा । जीतपुरसिमरा उपमहानगरपालिका २१ अमलेखगञ्जस्थित इलाका प्रहरी कार्यालयअगाडि चेकप्वाइन्टमा विशेष सूचनाका आधारमा गरिएको निगरानीमा ठूलो परिमाणको लागूपदार्थ बरामद गरिएको छ। मिति २०८२ जेष्ठ १५ गते बिहान ११:४० बजे इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट प्रहरी निरीक्षक धन प्रसाद श्रेष्ठको नेतृत्वमा खटिएको टोलीले बीरगञ्जबाट हेटौंडातर्फ जाँदै गरेको BR 01 BU 3485 नम्बरको भारतीय कारलाई रोकी चेकजाँच गर्दा कारको विभिन्न भागमा लुकाएर राखिएको प्रतिबन्धित लागूपदार्थ बरामद गरेको हो।प्रहरीले सो कारको पछाडिको सिटमुनि, दायाँबायाँ ढोकामा फल्स बटम बनाई राखिएको Tramadol Hydrochloride क्याप्सुल २१६० पत्ता (कुल २१,६०० ट्याबलेट) र कारको बायाँ साइडको अगाडिको ढोका तथा पछाडिको ढोकाको पल्लाभित्र लुकाइएको १०० मि.लि.को ONEREX लेखिएको ७६ बोतल बरामद गरेको छ।लागूपदार्थसहित पक्राउ परेकामध्ये एक जना भारतको भैसाली जिल्ला, ग्राम हुसेनाराके वडा नं.१२ का २७ वर्षीय कार चालक धिरज कुमार सिंह रहेका छन् भने अर्का भारतकै मोतिहारी जिल्ला, ग्राम कटगेनवा वडा नं.२ निवासी १८ वर्षीय चन्दन कुमार पटेल रहेको प्रहरीले जनाएको छ। दुबै जनालाई लागूपदार्थसहित नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको जानकारी प्रहरीद्वारा दिइएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]