२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

कोशी प्रदेश प्रहरी प्रमुख डिआईजी कार्कीद्वारा जिल्ला प्रहरी कार्यालय मोरङको निरीक्षण,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, जेठ १६, २०८२

विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीले जिल्ला प्रहरी कार्यालय मोरङको निरीक्षण भ्रमण गर्नु भएको छ । जेष्ठ १६ गते निरीक्षण भ्रमणको क्रममा वहाँले कार्यालय भवन, सम्पूर्ण शाखाहरु तथा हिरासत कक्षको निरीक्षण गर्नुका साथै कार्यालय परिसरमा वृक्षारोपण समेत गर्नु भएको छ । निरीक्षण प्रश्चात प्रदेश प्रहरी प्रमुख कार्कीले जिल्ला प्रहरी कार्यालय तथा मातहत इकाई प्रमुखहरु सहित कार्यरत प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन समेत दिनुभएको छ । निर्देशनको क्रममा वहाँले प्रदेशको राजधानी, औद्योगिक तथा व्यपारिक केन्द्र रहेको मोरङ जिल्लामा खटिने प्रहरी कर्मचारीहरुले नियमितरुपमा चुस्त दुरुस्त भई शिष्ट बोली बचन र ब्यवहारका साथ नागरिकहरुको बिश्वास जित्दै सुरक्षाको प्रत्याभुति हुने गरी प्रहरी सेवा प्रदान गर्न निर्देशन दिनु पर्ने बताउनुभयो ।

समाजमा अप्रिय घटना घट्न नदिन र घटि हालेमा त्यसको सुक्ष्म र सफल अनुसन्धान गरेर अपराधीलाई कानूनी दायरामा ल्याउन र पिढीतलाई न्याय प्रदान गराउन कटिबद्द हुनका साथै कोशी प्रदेश पर्यटन वर्ष,२०८२ को अवसरमा नेपाल भ्रमणको लागी आउनु हुने विदेशी पर्यटकहरुको यात्रा सहज र सरल बनाई सत्कार र सम्मानका साथ गुणस्तरीय प्रहरी सेवा प्रदान गर्न प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनु भयो । साथै वँहाले सुरक्षाकर्मी शारिरिक तथा मानसिकरुपमा स्वस्थ्य र सुरक्षित भए मात्र आम नागरिकलाई सुरक्षाको प्रत्याभुति दिन सक्ने भएको हुँदा प्रहरी मानसिक तथा शारिरिकरुपमा स्वस्थ्य रहन जरुरी रहेको बताउनु भयो ।

निरीक्षण भ्रमणको क्रममा जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरीयाले प्रदेश प्रहरी प्रमुख कार्कीलाई मोरङ जिल्लाको समग्र शान्ती सुरक्षाको अवस्था, जनशक्ति व्यवस्थापन, भावि कार्य योजना, सुरक्षा चुनौतीहरु र प्रदेश प्रहरी कार्यालयसंगको अपेक्षा सहितको प्रस्तुतिकरण गर्नु भएको थियो भने मोरङ जिल्ला अन्तरगत रहेका प्रहरी इकाईहरुका प्रमुखहरुले आ-आफ्नो एरियाको बस्तु स्थिति लगायत विविध विषयहरुमा प्रदेश प्रहरी प्रमुख कार्कीलाई अवगत गराउनु भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]