१८ बैशाख २०८३, शुक्रबार
01-05-2026 , Fri
×

शनिबार तपाईंको राशिफल

Logo
ABC-Sanchar प्रकाशित शनिबार, जेठ १७, २०८२

मेष -शुभ सूचना प्राप्त हुने दिन। योजना अनुसार काम अघि बढ्नेछ। आत्मबल बलियो हुनेछ, जसले गर्दा चुनौती पनि सहज लाग्नेछ। पारिवारिक आत्मीयता बढ्नेछ। साथीभाइसँग सहयोग र समझदारी बढ्नेछ।
शुभ रङ: बैजनी
शुभ अंक: २

वृष -थप आम्दानीको संभावना देखिन्छ तर खर्च पनि त्यसअनुसार बढ्न सक्छ। कार्यक्षेत्रमा सोचेर बोले राम्रो, नत्र चित्त दुख्न सक्छ। ससाना पारिवारिक कुरामा धैर्य अपनाउनुहोस्।
शुभ रङ: खैरो
शुभ अंक: २

मिथुन -नयाँ कामको सुरुवात गर्न राम्रो समय छ। सन्देशवाहक काम, सञ्चार वा लेखनमा सफलता मिल्नेछ। साथीभाइ वा टाढा रहेका आफन्तसँग सन्देश आदानप्रदानले खुशी दिनेछ।
शुभ रङ: निलो
शुभ अंक: १

कर्कट -तनाव या थकान महसुस हुन सक्छ, तर मध्यान्हपछि स्थिति सहज हुँदै जानेछ। व्यवहारमा संयमता आवश्यक छ। पुराना सम्झनाले मन भावुक बन्न सक्छ।
शुभ रङ: सेतो
शुभ अंक: ४

सिंह -नेतृत्व गर्ने अवसर आउन सक्छ। बोली र व्यवहारबाट प्रभाव जमाउने दिन हो। प्रेम वा मित्रतामा मिठास बढ्नेछ। पढाइ र सृजनात्मक काममा मन जानेछ।
शुभ रङ: सुन्तले
शुभ अंक: ६

कन्या -पारिवारिक कुरामा बढी समय दिनुपर्ने हुन्छ। आफन्तसँग मनका कुरा खुलेर गर्नु लाभदायक हुनेछ। खर्चमा थोरै चाप देखिए पनि दिन सुखद रहनेछ।
शुभ रङ: हरियो
शुभ अंक: ६

तुला -नयाँ योजना बनाउने वा पुराना कुरालाई टुंगोमा पुर्‍याउने समय हो। मित्रवर्ग वा दाजुभाइबाट सहयोग मिल्नेछ। यात्राको संकेत पनि देखिन्छ।
शुभ रङ: गुलावी
शुभ अंक: ४

वृश्चिक -धन र प्रतिष्ठा दुवैमा प्रगति देखिन्छ। आत्मविश्वास बढ्नेछ। पुराना समस्याको समाधान हुने सम्भावना छ। व्यवसायिक लाभको समय छ।
शुभ रङ: निलो
शुभ अंक: २

धनु -कामको सिलसिलामा यात्रा हुन सक्छ। मन रमाउने र फुर्तिलो दिन हुनेछ। पढाइ, योजना, धर्म वा दर्शनमा मन जानेछ। प्रेम जीवनमा विश्वास र समझदारी बढ्नेछ।
शुभ रङ: पहेलो
शुभ अंक: ५

मकर -गहिरो सोच र योजनामा मन जानेछ। धेरै कुरामा ध्यान जानाले अलमल पर्न सक्छ, प्राथमिकता अनुसार काम गर्नु राम्रो। खर्चमा संयमता आवश्यक छ।
शुभ रङ: खैरो
शुभ अंक: ९

कुम्भ -सामाजिक जमघट वा मित्रता बलियो बन्नेछ। लामो समयदेखि भेट नभएका व्यक्तिसँग भेटघाट हुने सम्भावना छ। मानसम्मान प्राप्त हुने दिन।
शुभ रङ: पहेलो
शुभ अंक: २

मीन -पारिवारिक जिम्मेवारी राम्रोसँग सम्हाल्न सकिनेछ। कार्यक्षेत्रमा सफलता मिल्नेछ। निर्णय क्षमतामा सुधार आउनेछ। साँझपख आत्मीय कुराकानीले मन हलुका हुनेछ।
शुभ रङ: निलो
शुभ अंक: ८

माधवा शर्मा
ज्योतिषाचार्य तथा वास्तु विद्
9848060799

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल सरकारले वास्तविक सुकुम्वासीको पहिचान र सुरक्षित व्यवस्थापनपछि मात्र अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा खाली गर्ने स्पष्ट पारेको छ। सरकारले सुकुम्वासीहरूमा देखिएको त्रासप्रति सचेत रहँदै उनीहरूलाई ढुक्क हुन आग्रह गरेको हाे। वर्षायाम नजिकिँदै गर्दा बाढी तथा डुबानको उच्च जोखिममा रहेका बागमती तथा सहायक नदी किनारका बस्तीलाई लक्षित गरी वैशाख १२ गतेदेखि विशेष अभियान […]

काठमाडौं । देशको सुरक्षा संरचनामा महत्वपूर्ण भूमिका खेल्दै आएको सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) यतिबेला ऐतिहासिक मोडमा पुगेको छ। चार वर्षे कार्यकाल पूरा गर्दै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल अनिवार्य अवकाशमा जाँदैछन् भने उनको स्थानमा नारायणदत्त पौडेल ले कमाण्ड सम्हाल्दैछन्। यो परिवर्तन केवल औपचारिक बिदाइ र नियुक्तिमा सीमित नभई संगठनको भावी रणनीति, सुरक्षा चुनौती र […]

बाँके । जिल्ला प्रहरी कार्यालयले इन्डियाबाट अबैध रुपमा नेपालगञ्ज ल्याउने तयारी अवस्थामा रहेका कुखुरा र माछा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रमेश विष्टले साइकलमा ल्याउँदै गरेको अवस्थामा ३० थान अवैध कुखुरा र माछा बरामद गरिएको जनाउँदै कुखुरा ल्याउने व्यक्तिहरू प्रहरी देख्ने बित्तिकै भाग्ने गरेका बताए। साइकल वा मोटरसाइकलमा अवैध रूपमा कुखुरा ल्याउने […]

error: Content is protected !!